• २७ असोज २०८१, आइतबार

दुई हजारले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  माघ  २२ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु. दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु. एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक लाख चार हजार एक सय तोकिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार छ सय छ । अघिल्लो दिन उक्त सुन रू. एक लाख पाँच हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. ४५ घटेर रु. एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।