ओखलढुङ्गामा पाँच जनाले त्यागे नेपाली नागरिकता
शेरबहादुर राईओखलढुङ्गा, भदौ २९ गते । ओखलढुङ्गामा पाँच जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्लामा पाँच वर्षको अवधिमा पाँच जनाले नेपाली नागरिकता त्यागेका हुन् ।जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाको तथ्याङ्कअनुसार २०७४ साल यता पाँच जनाले नागरिकता त्याग्नुका साथै सात जनाको नागरिकता रद्ध गरिएको छ । हालसम्म दुई महिला र तीन पुरुषले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जानकारी दिनुभयो । विभिन्न देशमा गएर उतैको नागरिक भएका अधिकांशले नेपाली नागरिकता त्यागेको सिग्देलको भनाइ छ । दोहोरो नागरिकता लिएका तथा गलत विवरण भरिएका नागरिकताहरु पनि रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।
चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवासँग अध्यक्ष लीको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ ।
बन्द चिनियाँ नाका खोल्न अध्यक्ष तिमिल्सिनाको अनुरोध
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बन्द रहेका तातोपानी, केरुङ र कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुलाई अनुरोध गर्नुभएको छ ।
नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी मानवीय सहायता सामग्री
नेपाल सरकारले विपत्तिमा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
माओवादी अध्यक्ष दाहाल र चिनियाँ नेता ली भेटवार्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।
नेपालको संघीय संसद र चीनबीच भएको समझदारीपत्र (पूर्णपाठ)
नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ । प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।
अध्यक्ष ली चार दिने औपचारिक भ्रमणका लागि काठमाडौंमा
छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउनुभएकाे छ ।
नेपाल बङ्गलादेश स्रष्टा सम्मिलन सम्पन्न
‘अभिव्यक्ति’ द्वैमासिक साहित्यिक पत्रिकाको निमन्त्रणामा छ दिने नेपाल भ्रमणमा आएका सातजना बङ्गलादेशी साहित्यकारको टोली आज स्वदेश फर्किएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्राडा सुवेदीलाई महाविद्यावारिधि प्रदान
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।
तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ।
अध्यक्ष ली झान्शुले सोमबारदेखि नेपालको भ्रमण गर्नुहुने
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।
दिवंगत महारानी एलिजावेथकाे चिरशान्तिको कामना
संयुक्त अधिराज्य (बेलायत) का महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ २४ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
बेलायती महारानीको निधनप्रति गहिराे दुःख व्यक्त
शनिबार बिहान नेपालस्थित बेलायती राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
महारानी एलिजाबेथ विश्वले सम्मान गर्ने योग्य राजनेता : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनु भएको छ ।
बेलायती महारानी एलिजाबेथ द्वितीयाको स्वर्गारोहण
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ ।
सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।
मुटुरोगीलाई तनहुँ समाज हङकङको सहयोग
तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार ऋषिङ पोखरीभञ्याङस्थित निवासमा पुगी समाजले नगद १ लाख ७९ हजार ४ सय ६० रुपियाँ हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएको प्रधानमन्त्री देउवासँग मङ्गलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भारतीय सेनाध्यक्ष पाण्डेले शिष्टाचार भेट गर्नुभएको हो ।
ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै
बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मानव तस्करको जालमा महिला र पुरुष दुवै फस्दै
नेपालमा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा मानव बेचबिखन हुने प्रकृतिमा पनि बदलिएको छ ।
राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
भारतीय सेनाध्यक्ष पाण्डेद्वारा सैन्य सामग्री हस्तान्तरण
पाँच दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।