• ९ जेठ २०८१, बुधबार

अस्ट्रेलियामा नइ नारी गौरवी पुरस्कार प्रदान

blog

सिड्नी, साउन ३० गते । नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरूलाई ‘नइ नारी गौरवी पुरस्कार’ ९नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड० द्वारा सम्मान गरेको छ।  

नइ एकेडेमी अस्ट्रेलियाका अध्यक्ष सीमा रोशीका अनुसार कार्यक्रममा शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा। अर्चना कोइराला र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई ‘नइ नारी गौरवी पुरस्कार’ प्रदान गरिएको छ । ती पुरस्कारका राशि जनही पाँच सय डलर छन् । 

उहाँले अस्ट्रेलियामा बसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने नारीहरूलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको जानकारी दिनुभयो ।  स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारीले उक्त कदरपत्र प्राप्त गर्नुभएको छ । 

कार्यक्रममा जेनिशा गौतम, सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिप्शी भट्टलगायतका कलाकारले गायन तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । 

एनआरएनएका पूर्व अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्देश्य कला संस्कृतिलाई अगाडि बढाउनु रहेको भन्दै नइका कार्यक्रमले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि सहयोग पुर्‍याउने भनाइ राख्नुभयो ।   

सांसद डोना डेविसले नेपाली संस्कृतिलाई महत्वका साथ हेरिएको भन्नुहुँदै नइ एकेडेमी अस्ट्रेलियालाई अझै अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।