उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक कुँवर संयुक्त राज्य बेलायत प्रस्थान
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गर्नुभएको छ ।
सुवानमा नेपालीले खेले देउसी भैलो
महान पर्व तिहारको अवसरमा दक्षिण कोरियामा काम विशेषले बसोबास गर्ने नेपालीले देउसी भैलो खेली रमाइलो गरेका छन् । यस पटक तिहारको देउसी खेल्ने मुख्य दिन शनिबार र भाइटीका आइतबार परेकाले कोरियामा भब्य रुपले मनाइएको हो ।
नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किनुभएको छ ।
आँबुखैरेनीमा उत्पादित माला कतार निर्यात
तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित माला कतार निर्यात भएको छ । गाउँपालिकाको सहयोगमा वडा नम्बर १ को याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात गरिएको हो ।
नेपाल चेम्बर र चिनियाँ व्यवसायीबिच व्यापार लगानीको समझदारी
नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।
अमेरिकामा देवकोटा जयन्ती सम्पन्न
नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती यहाँ सम्पन्न भएको छ ।
मलेसिया र कोरियासँग श्रम सम्झौता नवीकरणको तयारी
सरकारले दक्षिण कोरिया (इपिएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।
श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ ।
बोलिभियाका पूर्व राष्ट्रपतिको कारमा गोली प्रहार
बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताउनुभएको छ । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीहरूले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उहाँले बताउनुभयो ।
परदेशमा नेपाली युवाले गरे रक्तदानको आयोजना
अमेरिकामा रहेका नेपाली युवाले सामाजिक उतरदायित्व अन्तर्गत शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
अमेरिकाको बाना भवन प्राङ्गणमा फहराइयो नेपाली झण्डा
शनिबार (अक्टोबर २६) को दिन नेपाली समुदाय र बानाका लागि ऐतिहासिक र अविस्मरणीय दिन रह्यो । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा रहेको नेपालीको छाता संस्था बाल्टिमोर एशोसिएशन अफ नेप्लीज इन अमेरिका (बाना) नेपाली समुदायको हक हितमा काम गर्ने अग्रणीले झण्डा फहराएको हो ।
देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।
काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनुभएको छ ।
दिल्लीमा वायु प्रदूषणलाई रोक्न कडा नियम लागू
वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी सहरमा बढ्दो वायु प्रदूषण स्तरलाई सम्बोधन गर्न नयाँ दिल्लीमा वायु प्रदूषणको कडा उपायहरू अपनाइएको छ ।
बङ्गलादेशमा डेंगुका बिरामीको सङ्ख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु
बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताउनुभयो ।
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ ।
राष्ट्रपतिद्वारा कतारका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
क्षतिग्रस्त बिपी राजमार्ग: जाइकाको निर्णय कुर्दै डिभिजन सडक
गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णयको पर्खाइमा बसेको छ ।
साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै
साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।