• १२ कात्तिक २०८१, सोमबार

परदेशमा नेपाली युवाले गरे रक्तदानको आयोजना

blog

रक्तदानमा सहभागी हुँदै रक्तदाता ।

काडमाडौँ, कात्तिक ११ गते । अमेरिकामा रहेका नेपाली युवाले सामाजिक उतरदायित्व अन्तर्गत शनिबार रक्तदान कार्यक्रमको  आयोजना गरेका छन् । 

संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा रहेको नेपाली युवाको मनासस नेपाली फुटबल क्लब (एमएनएफसी)ले आइनोभा ब्लड डोनर्स सर्भिसेसको सहकार्यमा रक्तदान कार्यक्रम गरेका हुन् । 

कार्यक्रममा १५ जनाभन्दा बढी रक्तदाताले रक्तदान गरेका छन्।