बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् ।
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपन्क्षी मन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरण मन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र बिम्स्टेकका महासचिव पाण्डेबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणी पाण्डेले भेटवार्ता गर्नुभएको छ ।
बेलायत र नेपालबिच व्यापार वृद्धि हुन्छ: प्रधानमन्त्री सुनाक
संयुक्त अधिराज्य (बेलायत)का प्रधानमन्त्री ऋषि सुनाकले आगामी बर्सहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।
श्रम स्वीकृति नपाउँदा दुई सयभन्दा बढीको टिकट रद्द
वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा परेका हुन् । फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा समस्यामा परेका छन् । विदेश जानेहरू श्रम स्वीकृतिका लागि बिहानदेखि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमै पुगेर पर्खेर बसेका छन् । वैदेशिक रोजगार कार्यालयको सर्भरमा आएको समस्या यो पहिलो पटक भने होइन ।
नेप्लिज प्रोफेसनल्स युके अध्यक्षमा कटुवाल
संयुक्त अधिराज्य (बेलायत) मा कार्यरत प्राज्ञिक तथा पेसाकर्मीको संस्था सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको अध्यक्षतामा गजेन कटुवाल निर्वाचित हुनु भएको छ ।
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ ।
वैदेशिक रोजगारीको दस महिना, सिप सिकेर जाने बढे
वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० वैशाखको तुलनामा २०८१ को वैशाखमा सिप सिकेर, दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा दक्ष भएर जानेको सङ्ख्या ६९ प्रतिशत रहेकोमा गएको वैशाख ७४ प्रतिशत पुगेको छ ।
इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसमका कारण दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्य दूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्गठनका साथै यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।
विदेशमा रहेका नेपालीमाथिको विभेद हटाउन आग्रह
विदेशमा रहेका नेपालीमाथि विभेद भएको भन्दै त्यहाँ रहेका पत्रकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गुनासो गरेका छन् ।
अफगानिस्तानमा बाढीले ५० जनाको मृत्यु
पश्चिमी अफगानिस्तानमा आकस्मिक आएको बाढीले कम्तीमा ५० जनाको ज्यान गएको प्रान्तीय प्रहरीले जनाएको छ । “शुक्रबार बाढीका कारण घोर प्रान्तका ५० जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्” घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले शनिबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी गराउनुभयो ।
‘भारतीय ठेकेदारको चङ्गुलमा परेर दुःख पाउँछन् कामदार’
आर्थिक समस्यामा रहेका अधिकांश विपन्न परिवारका पुरुष तथा युवालाई आर्थिक प्रलोभन देखाइ भारतमा बन्धक बनाउने प्रवृत्ति बढ्दै गएको छ । राम्रो काम र मनग्य आम्दानीको प्रलोभनमा भारतीय ठेकेदारले आफ्नो चङ्गुलमा पार्ने गरेका छन् ।
कोरियाबाट फर्केका महिलाका लागि पुनः एकीकरण तथा अभिमुखीकरण
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गएर फर्किएका महिला श्रमिकलाई पुनः एकीकरण प्रणाली सुदृढीकरणका लागि दोस्रो चरणको अभिमुखीकरण तालिम सम्पन्न भएको छ । कोरिया इन्टरनेसनल कर्पोरेसन एजेन्सी (कोइका) को ‘के हामी’ परियोजनामार्फत बिहीबार राजधानीमा इपिएसमार्फत कोरिया गएर काम गरेर फर्किएका महिलालाई लक्षित गरेर सञ्चालित एकदिने पुनः एकीकरण तथा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन
मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ ।
मक्का मदिना जाने हजयात्रीकाे बिदाइ
साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले बिदाइ गर्नुभयो ।
श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका भिसामा विदेश गएर कार्यरत श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने व्यवस्था गरेको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीका लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो । श्रम मन्त्रालयले कार्यविधिमार्फत वैधानिकीकरण श्रम स्वीकृति प्रक्रियालाई सहज बनाएको छ । यस्तो खालको श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेस गर्नु नपर्ने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ । मन्त्रालयका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालय अन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने छ ।
उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबिच भेटवार्ता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
५० करोडसम्मका वैदेशिक लगानी ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपियाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको बताउनुभएको छ ।
तनहुँमा ३० जनाले त्यागे नेपाली नागरिकता
तनहुँमा दुई वर्षमा ३० जनाले नेपाली नागरिकता त्यागेका छन् । रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश रहेकाहरूले उतैको नागरिकता लिएपछि सो सङ्ख्यामा नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
कोरियाले पोखरालाई ९८ लाख डलर दिने
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।
सीमा समस्या समाधानका लागि कूटनीतिक पहल
सरकारले आगामी आर्थिक वर्षमा सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने भएको छ ।
विदेशमा रहेका नेपालीलाई राहदानी वितरणमा सहज बनाइने
सरकारले आगामी आर्थिक वर्षमा स्वदेश र विदेशमा रहेका नेपालीलाई राहदानी वितरण सहज रुपमा गरिने भएको छ ।