ग्रिनबिचको मेयरमा रानाभाट निर्वाचित
संयुक्त अधिराज्य (बेलायत) को लन्डन रोयल बरो अफ ग्रिनबिचको मेयरमा नेपाली मूलका जित रानाभाट निर्वाचित हुनु भएको छ ।
गान्धारा सभ्यता संरक्षण प्रयासको प्रशंसा
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गान्धरा गान्धारा सभ्यताको संरक्षण र प्रवर्द्धन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो।
दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुने
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीले नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपाली दाजुभाइ दिदीबहिनीको अवस्था लगायतका विविध विषयमा छलफल हुने बताउनुभयो ।
नेपाली डायोस्परालाई विकासमा सहकार्य गर्न उपप्रमुख डंगोलको अनुरोध
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाले नेपाली डायोस्परासँग विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुहुँदै विकासका क्षेत्रमा सबैले हातेमालो गर्नुपर्ने औँल्याउनुभयो ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु
वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।
सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड
नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गर्नुभएको छ ।
बङ्गलादेशमा विद्युत निर्यात गर्ने सरकारको योजना
सरकारले आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
मेला पालिकास्तरमै लैजाने योजना छ : श्रममन्त्री
श्रमाधान तथा रोजगार मेला सातै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म कार्यक्रम आयोजना गर्दै छौँ । यस पटक मेलालाई ‘ट्रायल भर्जन’ का रूपमा सातै प्रदेशमा गर्दै छौँ । यसको फिडब्याक हेरेर त्यसका आधारमा अर्को वर्ष कार्यक्रम गर्ने गरी बजेट व्यवस्था पनि गरेका छौँ । प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट राख्न आग्रह गरिसकेका छौँ ।
बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको हो ।
भारतीय लोकसभाका लागि निर्वाचनमा ५८ प्रतिशत मतदान
लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूका लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
भियतनामको अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु
भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
दाङको कोइलावास नाका ७२ घण्टाका लागि बन्द हुने
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङको कोइलावास नाका बन्द ७२ घण्टाका लागि बन्द हुने भएको छ ।
दस महिनामा दुई हजार विदेशीलाई श्रम स्वीकृति
नेपालबाट रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेश गइरहेका बेला नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या सामान्य दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा उच्च दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनामा सरकारले एक हजार ९८८ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौको मृत्यु
बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पूर्वी अफ्रिकामा भारी वर्षा, बाढीले १६ लाख मानिस प्रभावित
भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घको राहत एजेन्सीले बुधबार जनाएको छ ।
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबिच भगिनी सम्बन्ध
चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबिच भगिनीसम्बन्धी कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबिच भगिनी सम्बन्ध कायम भएको हो ।
‘जलवायुको असरबाट नेपाल धेरै पीडित भयो’
जलवायु परिवर्तन र बढ्दो तापक्रमले नेपालको हिमाली क्षेत्रमा भइरहेको हानी नोक्सानीप्रति विश्व समुदायले चिन्ता व्यक्त गरेको छ ।
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’बारे छलफल कार्यक्रम आयोजना गरेको छ ।
कूटनीतिक अधिकारीहरूसँग छलफल
कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ ।
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको थियो ।
सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने भएको छ । आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रत्येक प्रदेशमा दुई दिनसम्म चल्ने उक्त मेलामा सम्बन्धित प्रदेशमा रहेका रोजगारदाता प्रतिष्ठान, उद्योग, कम्पनी र रोजगारीको खोजीमा रहेको सहभागिता रहने जानकारी दिइयो ।