स्वागत समारोहको आयोजना
स्वागत समारोहको आयोजना
मन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
इजरायली आक्रमणबाट वेस्ट बैङ्कमा ३३ प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैङ्कमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिब १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनीहरू छन् ।
घरेलु श्रमिक पठाउन छलफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु श्रमिक थप सुरक्षित एवं मर्यादित किसिमले पठाउने गरी छलफल भइरहेको जनाएको छ । महिलामाथि राज्यको विभेदकारी नीतिमा अझै परिवर्तन हुन नसकेको भन्दै महिला अधिकारीकर्मी र सरोकारवालाबाट व्यापक गुनासोपछि श्रममन्त्री शरतसिंह भण्डारीले मङ्गलबार सङ्घीय संसद्मा घरेलु श्रमिकसम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि दुई पक्षीय छलफल भइरहेको जानकारी दिनुभएको हो ।
बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित
एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
पारालिम्पिकः पलेशालाई कांस्य पदक
पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।
वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ ।
मध्यपूर्वी देशमा सीमित रोजगारी युरोपतिर मोडिँदै
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइब्रेरियालगायतका देशमा जाने युवाको सङ्ख्या ६६ हजारभन्दा बढी छन् ।
बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता
सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या
टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएको नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो ।
ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशल
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
राष्ट्रपतिसमक्ष ओमानका विदेशमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमूद अल बुसाइदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच मङ्गलबार यहाँ द्विपक्षीय वार्ता भएको छ ।
चार अर्ब १९ करोडको विद्युत् निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपियाँ आम्दानी गरेको छ ।
प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
म्यान्मारमा सिधा उडानको पहल
नेपाल म्यान्मार चेम्बर अफ कमर्सले नेपालदेखि म्यान्मारसम्म सिधा उडानका लागि पहल गरेको छ । नेपालका लागि गणतन्त्र म्यान्मारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गसँगको सोमबारको भेटमा चेम्बरले लुम्बिनीदेखि म्यान्मारसम्मको सिधा उडानका लागि आग्रह गरेको हो । भेटमा चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा म्यान्मारबाट सहयोग प्राप्त भएको बताउनुभयो । त्यस्तै उहाँले नवनियुक्त राजदूत मौङ्गको कार्यका
ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा
ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ ।
ओमानका विदेशमन्त्री आज काठमाडौँ आउनुहुँदै
ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी सोमबार काठमाडौँ आउँदै हुनुहुन्छ ।
भारतमा बस दुर्घटनामा बारागढीका ४५ तीर्थयात्री घाइते
नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राती भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् ।
धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आव्हान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धनका साथै विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्नुभएको छ ।
तनहुँ बस दुर्घटना : शव भरतपुर विमानस्थल पठाइयो
दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव भारत लैजान भरतपुर विमानस्थल लैजान थालिएको छ ।
बस दुर्घटनाका घाइतेको अवस्था बुझ्नुहुँदै गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्से
गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा भएको बस दुर्घटनाका घाइतेसँग भेट गर्नुभएको छ ।
धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार निर्माणमा सहकार्य गर्न आह्वान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा
भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ ।