आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताउनु भयो । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
वैदेशिक रोजगारीमा गएका एउटै पालिकाका सातको मृत्यु
तनहुँबाट विदेश गएका १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये एउटै पालिकाको मात्रै सात जना छन् । चालु आर्थिक वर्षको फागुन सम्ममा सो सङ्ख्यामा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेसनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।
सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ ।
चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताउनुभएको छ ।
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु
यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।
नेपाल–दक्षिण कोरियाबिच सिधा उडानमा जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान थप प्रभावकारी हुने बताउनुभएको छ । कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) स्थापनाको सातौँ वर्षिकोत्सव तथा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
रसियाका लागि श्रम स्वीकृति खुला
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको छ ।