काठमाडौं, पुस ८ गते । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित हुनुभएको छ । दक्षिण एसियाली ज्योतिष महासङ्घ र विक्रम विश्वविद्यालय उज्जैन भारतको संयुक्त आयोजनामा भएको चौथो अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्योतिष रिजाललाई ज्योतिष शिरोमणिबाट विशेष सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा उहाँलगायत आचार्य लक्ष्मण पन्थी, डा.देवीप्रसाद खनाल, आशिष सिम्खडा, चूडामणि पाण्डे, नीलकण्ठ आचार्य र नेपालबाट प्रतिनिधित्व गर्ने अन्य ज्योतिष तथा वास्तुविद्लाई पनि विशेष सम्मान गरिएको थियो ।
मध्य प्रदेशका मुख्यमन्त्री डा.मोहन यादव तथा विक्रम विश्वविद्यालयका कुलपति र दक्षिण एसियाली ज्योतिष महासङ्घ नेपालका अध्यक्ष आचार्य लक्ष्मण पन्थीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्मेलनको उद्घाटन गरिएको थियो ।