ऐतिहासिक बन्दै ट्रम्पको शपथ समारोह
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुग्दा यसको चर्चा निकै चुलिएको छ ।
नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने
प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल शनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । यही जनवरी २० मा अमेरिकाको वाशिंगटन, डीसी आयोजना हुने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद ढकाल अमेरिका जानुभएको हो ।
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपतिसँग भारतीय राजदूतको भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भारतका महामहिम राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान प्रश्चात दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भयो ।
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
काठमाडौँ, माघ ४ गते । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय रू ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू ७५ अर्ब ७३ करोड रहेको थियो ।गत मङ्सिर मसान्तसम्म खुद सेवा आय रू ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रू २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले वृद्धि भई रू ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू ३४ अर्ब १२ करोड रहेको थियो ।
टुङ्ना वादक फुट्टी शेर्पालाई अन्तर्राष्ट्रिय उपाधि
टुङ्ना (डाम्ङ्यान) वादक फुट्टी शेर्पा हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा उपविजेता बन्नुभएको छ । भारतको सिलगुरीमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो ।
कांग्रेस नेता डा. कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबिच भेटवार्ता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता भएको छ ।
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्
वैदेशिक रोजगारीमा दक्ष युवा घटे
वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या पछिल्लो पाँच महिनामा नौ प्रतिशतसम्म घटेको देखिएको छ ।
खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा २२ जनाको शव फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।
कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।
विपिन रिहाइका लागि तीव्र पहल
इजरायल र प्यालेस्टाइनबिच युद्धविराम तथा बन्धकमुक्त गर्ने सम्झौताको अन्तिम तयारी चल्दै गर्दा हमास समूहले नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल तीव्र पारेको छ ।
पिएसबी नेपाल समावेशिताको ऐना बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।
विपिनको रिहाइको पहलका लागि अपिल
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गर्नुभएको छ ।
चीनसँग ऋणसम्बन्धी कुनै पनि सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पार्नुभएको छ ।
एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्नेभएको छ।
युरोपको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पठाइदिने भनी ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकामा बाक्लो हिमपात र उग्र डढेलो
संयुक्त राज्य अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा त्यहाँको जनजीवन अत्यधिक प्रभावित बनेको छ । लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दस जनाको ज्यान गएको छ ।
विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल
नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ ।
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।
वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी) को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
भर्जिनियाको पोखरीमा डुबेर दुई नेपालीको मृत्यु
भर्जिनियाको च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । मृतक दुवै जना कारभित्र सवार थिए ।
छिटो कोरिया पठाइदिन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) बाट दक्षिण कोरिया जान भिसा प्राप्त श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।