युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण
युक्रेनबाट एक हजार १०० किलोमिटरभन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ ।
गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो
इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।
‘हुण्डी कारोबार नियन्त्रण गर्नसके अर्थतन्त्र चलायमान हुन्छ’
बाह्य विप्रेषक (रेमिट्यान्स) कम्पनी सञ्चालकले वैदेशिक रोजगार वा व्यवसायमा रहेका व्यक्तिको आम्दानी वैधानिक माध्यमबाट पठाइ मुलुकको राजस्व वृद्धि गर्न हुण्डी कारोबारलाई निस्तेज तुल्याउन पर्ने आवश्यकता औँल्याउनुभएको छ ।
१४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ ।
वैदेशिक रोजगारीको अँध्यारो पाटो, ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढ्दो
वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।
बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला
आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो ।
अमेरिकामा कहिलेदेखि दुई दलको वर्चस्व
संयुक्त राज्य अमेरिकामा लामो समयदेखि दुई मुख्य राजनीतिक दलको वर्चस्व रहिआएको छ । इस्वी संवत्को १९ औँ शताब्दीको मध्यदेखि राजनीतिक दल डेमोक्रेट्स र रिपब्लिकन अमेरिकाको राजनीतिमा अग्रपङ्तिमा देखिन्छन् । मतदानका लागि अमेरिकीहरूका अगाडि किन यति थोरै विकल्प छन् ? यथार्थमा यो राष्ट्रमा स्थापनाको लगत्तै दुई दलीय प्रणाली दीर्घस्थायी हुन पुग्यो ।
आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताउनु भयो । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।