थारु राजाको इतिहास रहेको ‘सुकौरा’ ओझेलमा
तत्कालीन थारु राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझेलमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ ।
रातो मत्स्येन्द्रनाथको पश्चिम यात्रा (फोटो फिचर)
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल तानिएको छ । सोमबार रथ लगनखेलबाट जावलाखेल तानिएको हो । दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो ।
धार्मिक पर्यटनका लागि कालिञ्चोक महत्त्वपूर्ण स्थल
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।
नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताउनुभएको छ ।
रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा
वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ ।
गोसाइँकुण्डमा विशेष मेला सुरु
रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार) देखि विशेष मेला सुरू भएको छ ।
सिन्धुली ढुग्रेभन्ज्यांगमा अवस्थित भद्रकाली मन्दिर (फोटो फिचर)
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ मा अवस्थित प्राचीन भद्रकाली मन्दिर भक्तजनहरूका लागि प्रख्यात बनेको छ । यो मन्दिर काठमाडौँबाट बि.पी. राजमार्ग हुँदै जाँदा ढुंग्रेभन्ज्याङको दाहिने तर्फको डाँडाको चुचुरोमा रहेको छ। जुन प्राकृतिक सम्पदाले भरिपूर्ण स्थल रहेको यस मन्दिरमा पुग्नको लागि राजमार्गबाट १५८ खुट्किला माथि उक्लिनु पर्छ।
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिने
सरकारले नेपाली सांस्कृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान, संरक्षण, संवर्द्धन एवम् पुस्तान्तरण गरी जीवन्तता दिने भएको छ ।
कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता
कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज (शुक्रबार) मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याक: मिसा)लाई प्रसाद दिनुभएको छ ।
मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै
पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
आध्यात्मिक सम्मेलनका लागि खप्तडमा रामदेव आउने
सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने हुनुभएको छ । उहाँको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।
पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गरिने
ललितपुर महानगरपालिकाले मूर्त-अमूर्त ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रदर्शनीमा योगदान पु-याइरहेको पाटन सङ्ग्रहालयको प्रवर्धनमा सहकार्य गर्ने भएको छ ।
संस्कृति संरक्षणप्रति युवाको आकर्षण
जिल्लास्थित लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षण गर्न उत्साहित देखिएका छन् । विभिन्न स्थानीय तह र सामाजिक सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि कार्यव्रmम सञ्चालनमार्फत यसतर्फ आकर्षित भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकार कसैको दबाबमा पछि हट्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताउनुभएको छ ।
लोपोन्मुख समुदायको संस्कृति संरक्षणमा 'लाठीनाच'
पछिल्लो समय पूर्वी नवलपरासीको थारु समुदायका युवाको 'लाठीनाच' राम्रो आम्दानीको स्रोत बनेको छ ।
कठ्घोरी नाच संरक्षणमा जुरमुराए के गाउँवासी
लोपको सङ्घारमा पुगेको कठ्घोरी नाच संरक्षणमा के गाउँवासी जुरमुराएका छन् ।
लोप हुन थालेपछि नौमती बाजा संरक्षणको पहल
बाँकेको बैजनाथ गाउँपालिका –८ हस्नापुरका टिके दमाई उमेरले ७१ बर्ष पुग्नुभयो । सानैदेखि पञ्चेबाजा तथा नौमती बाजामा रुची राख्ने दमाईसहित २३ जनाको समूहले परम्परागत बाजागाजाको संरक्षण गर्दैआएको छ ।
रानाथारू समुदायमा अन्तरजातीय विवाह
रानाथारू समुदायमा कुनै बेला आफ्नै समुदायभित्र मात्रै विवाह गर्नुपर्छ भन्ने मान्यता थियो। यसको कारण यो समुदायका मानिस सजातीय विवाहका लागि बरु भौगोलिक सीमा पार गर्थे तर गैररानाथारूसँग विवाह गर्दैनथे। कैलाली, कञ्चनपुरको रैथाने यो समुदायमा पछिल्लो दशक भने विवाहको सोचमा धेरै परिवर्तन आएको छ। विगतमा भारतमै भए पनि रानाथारू समुदायसँग मात्रै वैवाहिक सम्बन्ध गाँस्नुपर्छ भन्ने रानाथारू समुदायमा अब अन्तरजातीय विवाह हुन थालेको छ। अचेल यो समुदायका युवकयुवतीले अन्य समुदायका युवकयुवतीसँग विवाह गर्न थालेका छन्। कतिपय विवाह त पारिवारिक स्वीकृतिमै भइरहेका छन्।
टुँडिखेलमा उभौली उत्सव (फोटो फिचर)
उभौली तथा उधौली पर्व किराँत समुदायले महान् पर्वको रुपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत वैशाख २२ गते उभौली परेको थियो।
पटखौलीको सतियामाई मन्दिर (फोटो फिचर)
रुपन्देहीको पटखौली गाउँपालिका वडा नम्बर ८ गौरी गाउँमा अवस्थित सतियामाई मन्दिर दर्शनार्थीहरुका लागि प्रख्यात मध्ये एक हो ।
भुलकी कुलदेवी
बैतडीमा विभिन्न शक्तिपीठ छन् । तिनमा निङ्गलाशैनी, त्रिपुरा (रैण्याशैनी), डिलाशैनी, पोटलाशैनी, फलङ्गाशैनी आदि मुख्य हुन् । यी शक्तिपीठ अथवा भगवतीको विभिन्न चाडमा विभिन्न किसिमले पूजाआजा गरिन्छ । ठुल्ठुलो जात्रा (जाँत) पनि यहाँ लाग्छ । बैतडीकी सात दिदीबहिनी भगवतीमध्ये निङ्गलाशैनीलाई जेठी मानिन्छ । यिनीहरूका अनेक कथा छन् । आ–आफ्नो क्षेत्र अनुसार यिनीहरूका अलौकिक शक्तिका गुणगान गरिन्छ । यस्तै, मेलौली भगवतीको महिमाबारे पनि टाढा–टाढासम्म चर्चा हुन्छ ।
बेल्जियममा मनाइयो साकेला उँभौली पर्व
प्रकृति पूजक किरात राई समुदायले बेल्जियममा साकेला उँभौली पर्व र संवत् ५०८३ भव्य रुपमा मनाएका छन् ।
महिलाले ताने मत्स्येन्द्रनाथको रथ
ललितपुर, वैशाख २६ गते ।मत्स्येन्द्रनाथको रथ तान्दा प्रायः पुरुषलाई मात्र देख्ने बटुवा सोमबार बिहानै महिलाले रथ तानेको देख्दा अचम्ममा परे । पहिलो पटक जात्रा हेर्न पुगेकालाई भने यो नौलो लाग्यो । यद्यपि रातो मत्स्येन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालेको भोलिपल्ट बिहानै महिलाहरू मात्र रथ तान्न भेला हुने चलन भने पुरानै हो । नरिवल फालेको भोलिपल्ट सोमबार बिहानै महिलाहरू आफूलाई सहज हुने पोसाक लगाएर रथ तान्न तम्तयार अवस्थामा ललितपुरको लगनखेलमा भेला भएका थिए । उपस्थित करिब तीन सयदेखि पाँच सय महिलामा रथ तान्ने हुटहुटी मात्र थिएन, आत्मविश्वास पनि देखिन्थ्यो । रातो मत्स्येन्द्रनाथको रथलाई महिलाले मात्र लगनखेलबाट तानेर थतिटोलसम्म पु¥याउने चलन छ । यसै व्रmममा सोमबार बिहान ४ बजेदेखि महिलाहरू भेला भएर ६ बजेतिर रथ तान्न सुरु गरेका थिए । रथ तान्ने काम ७ बजे सकिएको थियो । रथको डोरी ६०/७० जनाले समाए पनि महिलाको सहभागिता उल्लेखनीय मात्रामा थियो । यसलाई नेपाल भाषामा याकः मिसाया भूज्याः (एकल महिलाको जात्रा) भनिन्छ । भक्तपुर थिमीदेखि रथ तान्न बिहान ५ः३० बजे लगनखेल पुग्नुभएकी रामकेशरी प्रजापती हरेक वर्ष बिहान ५ नै पुग्ने गरेको स्मरण गर्नुहुन्छ, आज ढिला भयो प्रजापती भन्नुहुन्छ, “अरू बेला पुरुषले मात्र तान्थे, आज महिलाले रथ तान्न पाएका छन् ।” हर्षित मुद्रामा देखिनुभएकी उहाँले महिलाले जस्तो पनि काम गर्न सक्ने विश्वासका साथ मत्स्येन्द्रनाथको रथ तान्न आएको बताउनुभयो ।यस्तै स्थानीय प्रेक्षा शाक्य पनि रथ तान्न उत्सुक देखिनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “पहिलो पटक रथ तान्न आएकोमा खुसी र कौतुहलता दुवै लागेको छ ।” पहिले पहिले भए यो व्रmम बिहान झिसमिसेमा हुन्थ्यो, संस्कृतिविद् डा. चुन्दा वज्राचार्य सम्झनुहुन्छ, “एक दशकअघिदेखि यो बिहानको उज्यालोसँगसँगै हुन थालेको छ । एकल महिलालाई समाजमा स्थान दिएको प्रतीकस्वरूप एकल महिलाले मात्र रथ तान्ने परम्परामा हाल परिमार्जन भएपछि सबै महिला सहभागी हुन थालेका छन् ।”अन्य दिनमा साँझतिर तानिने रथ यस दिन बिहान तानिन्छ । डा. वज्राचार्य भन्नुहुन्छ, “यस चलनलाई पुरातन समाजमा एकल महिलाको अस्तित्वलाई विशेष ठाउँ दिएको प्रमाणका रूपमा लिन सकिन्छ ।” कुनै समयमा रथ जात्रा गरिरहँदा लगनखेल पाढेटोलकी एक एकल महिला बिरामी भई रथ जात्रामा सहभागी हुन नसकेकाले एकल महिलालाई पनि जात्रामा सहभागी गराउनुपर्छ भन्ने मान्यता अनुसार एक दिन मात्र महिलाले रथ तानी जात्रा सम्पन्न गरेका हुन् ।महिलाहरूले सार्वजनिक रूपमा बाहिर निस्केर जात्रा पर्वमा सरिक हुन बन्देज जस्तै लगाएको समयमा पनि यो व्रmमले निरन्तरता पाएकोे थियो । महिलाको भूमिकालाई स्वीकारेर जात्रामा पनि स्थान दिएको यो नमुनालाई केही वर्षअघिदेखि काठमाडौँमा सम्पन्न इन्द्रजात्रामा कुमारी, भैरव र गणेशको रथ पनि तान्ने गरिन्छ । अन्य दिनभन्दा कम दूरीमा महिलाले रथ तानेका छन् । सोमबार पाढेटोलदेखि थतिटोलसम्म करिब एक सय मिटर दूरीमा महिलाले रथ तानेका हुन् । थतिटोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर जावलाखेल पु-याइने दिनको टुङ्गो लाग्छ । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ र खटमा राखेर त्यही दिन मत्स्येन्द्रनाथलाई बुङ्मती फर्काइन्छ ।
आगो उत्पन्न गराएर भँगेर पूजा
सलाई र लाइटर बन्नुअघि हाम्रा पुर्खाले मुढो दाउरामा आगो सल्काएर आगोको संरक्षण गर्दथे । त्यही आगोबाट दाउरा सल्काएर खाना, खाजा बनाउने तथा गाईबस्तुलाई कुँडो पकाउने गर्दथे । अग्राखको मुढो दाउरामा लामो समयसम्म आगो रहिरहने भएकाले धेरैजसोले मुडो दाउराको जोहो गरेर राख्ने गर्दथे । आगो निभ्यो भने छिमेकीको घरबाट कोइला ल्याएर सल्काउँथे यदि निभ्यो भने दुई काठ घर्षण गराएर आगो सल्काउँथे ।