कास्कीकोटमा दही जात्रा
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।
शिव पार्वतीको रुप धारण गरी बजार परिक्रमा
साउनको अन्तिम सोमबारको बोलबममा पोखराको महेन्द्रपुलमा शिव पार्वती र गणेशको रुप धारण गरेर बजार परिक्रमा गरिँदै ।
मध्यपुर थिमिमा धुमधामका साथ भैरव नाच (लायक् भैलः) प्रदर्शन हुँदै
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।
साउनको अन्तिम सोमबार पशुपतिमा भीड [फोटो फिचर]
काठमाडौं, साउन ३० गते । साउन महिनाको अन्तिम सोमबारका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।पाँच वटा सोमबारमध्ये यो साउनको अन्तिम सोमबार हो । आज बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भीड बढेकाले भक्तजनका लागि सहजरूपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।
गाईजात्रामा महादेवकाे अभिनयकर्ता गाेविन्द्रकाे मृत्यु
कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।
पहिलाे जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु
जनै पूर्णिमाको अवसरमा पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ । देउडा संस्कृत बचाउन आयोजना गरिएको प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर उद्घाटन गर्नुभएको थियो ।
तानसेनमा गणेश र बाघको जात्रा
जिल्ला सदरमुकाम तानसेनमा गणेश र बाघजात्रा निकालिएको छ। आइतबार तानसेन मध्यान्नदेखि तानसेनमा गणेशको मूर्ति तानसेन बजारमा परिक्रमा गराएर गणेशजात्रा निकालिएको हो।
वृक्ष संरक्षणका लागि वृक्षबन्धन
रक्षाबन्धन पर्वको अवसरमा वातावरण स्वयंसेवक समूहले पाशुपत क्षेत्रको मृगस्थली वनमा वृक्षलाई रक्षाबन्धन बाँध्दै वृक्षबन्धन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वातावरण अभियन्ता आनन्द भण्डारीले वृक्षबन्धनको औचित्यमा प्रस्ट पार्दै हामीले जसरी दाजुभाइ र दिदीबहिनीको दिर्घायु र सु–स्वास्थको कामना गर्दै रक्षाबन्धन बाँधी संरक्षणको सङ्कल्प गर्छौं त्यसरी नै प्राणवायु अक्सिजन बोक्ने वृक्षको संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य भएको बताउनुभयो।
भक्तपुरमा गाईजात्रा (सापारु) पर्व
भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई नगर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने गाईजात्रा (सापारु) पर्व शुक्रबारबाट सुरु भएको छ। दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि सुरु भएको हो। गाईलाई विधिवत् रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ।