फरार अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
कर्णालीमा आपराधिक घटना बढ्दै : छ जनाको ज्यान गयो, ३१ पक्राउ
गत शुक्रबार बिहान मुगुमा चार जनाको शव फेला पर्यो । छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताउनुभयो ।
सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटबाट ज्येष्ठ नागरिकको मृत्यु
रुकुमपश्चिममा कुटपिटबाट गम्भीर घाइते हुनुभएका एक ज्येष्ठ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको मृत्युपछि कुटपिट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका व्यक्ति पक्राउ
बाँके प्रहरीले तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
छोराद्वारा बुबाको हत्या
कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लाइकपुरका गणेश चौधरीले आफ्नो बुबा हिरासिंह चौधरीको हत्या गरेका हुन् ।
मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको नक्कली कर्मचारी पक्राउ
आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै बाँकेको विभिन्न सरकारी कार्यालय तथा सङ्घ संस्थामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
एक लाखसहित १२ जुवाडे पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । टहरामा जुवा खेलिरहेको अवस्थाबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा
मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।
एउटै नम्बरका दुई मोटरसाइकल सहित दुई जना पक्राउ
कालिकोट सदरमुकाम मान्ममा एकै नम्बर प्लेट भएका दुई मोटरसाइकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गापा अध्यक्षमाथि गोली प्रहार गर्नेलाई पक्राउ गर्न माग
सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव (बब्लु) माथि गोली प्रहार भएको छ । दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ गरेको छ ।
छोराको कुटाइबाट बुवाको मृत्यु
सर्लाहीको हरिवन नगरपालिका –३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।
५० रुपियाँको सिक्रीका लागि साथीको हत्या
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-५ हर्दिया गाउँमा ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन् ।
मुगुको मुन्दुगाउँमा चार जनाको हत्या
मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ ।
बाबुद्वारा बन्धक बनाइएका बालकको उद्धार
बाँकेको कोहलपुरमा एकजना बाबुले आफ्नै २० दिनको बालक छोरालाई बन्धक बनाएर मार्न खोज्दा प्रहरीले बालकको उद्धार गरेको छ ।
उद्धारका क्रममा प्रनाउमाथि नै चक्कु प्रहार
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ ।
चिर्पटले हानेर श्रीमतीको हत्या
खोटाङमा श्रीमानले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।
चोरीको अभियोग लागेका नौजना सार्वजनिक
इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको आरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ ।
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका – १२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापालाई अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
ठक्करबाट साइकल यात्रीको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका २ भक्तिपुर मियाँखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।