भ्रष्टाचार अभियोगमा अध्यक्ष यादवविरुद्ध मुद्दा दर्ता
रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
मिटरब्याजी रामदेश साहकी छोरी काठमाडौंबाट पक्राउ
सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई लाख ७० हजार रुपियाँसहित एक पक्राउ
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाबजारमा सुभृक्षा बचत तथा ऋण सहकारी संस्थाको ताला फोडेर रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पहिरोले घर पुरिँदा एक बेपत्ता
त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् ।
श्रीमानको हत्या आरोपमा इनरवती पक्राऊ
सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई पक्राउ गरेको छ ।
चितवन हत्या प्रकरणमा सम्लग्न तीन जना पक्राउ
शालिग्राम नेपाल चितवन, जेठ २६ गते । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान)को हत्या प्रकरणमा सम्लग्न तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई थुनामा राखी थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ । वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुरस्थित पन्चेश्वर नगर प्लटिङ्गको बाटोमा मोटरसाइकलमा आएका व्यक्तिहरूले अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजना पक्राउ
प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ ।
बारामा कुटपिटबाट एक जनाको मृत्यु
शिवशंङ्कर मिश्र बारा, जेठ २४ गते । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ पटेर्वा टोलका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा सोमबार राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।