ससुराली गएका तामाङ मृत फेला
ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एक अर्ब पर्ने लागूऔषधसहित सात विदेशी पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड मूल्यको ५१ केजी हेरोइनसहित सातजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
अबैध काठसहित ट्याक्टर नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा निकासी गर्न लागेको काठ नियन्त्रणमा लिएको छ । प्रहरीले रम्भा गाउँपालिका ३ स्थित निकीचउरबाट अबैध रुपमा चिलाउने काठ ट्याक्टरमा लोड गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
सप्तरीमा महिला हिंसाको घटना बढयो
विगत केही महिना यता सप्तरीमा महिला हिंसाको घटना बढ्दो छ । गम्भिर प्रकृतिका महिला हिंसाका घटना बढ्दै जाँदा प्रहरीले ठोस अनुसन्धान भने नगरेको पीडित तथा सरोकारवालाको आरोप छ । पछिल्लो समय सप्तरीमा घरनिकालाको घटना बढेको देखिएको छ ।
न्यायको माग गर्दै निहारिका अनशनमा : सदनदेखि सडकसम्म दोषीलाई कारबाहीको माग
अविवाहित आमा निहारिका राजपूत २१ महिने काखे बालकसहित राजधानीमा पाँच दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । पहिलो दिन माईतीघरमा अनशन बस्ने क्रममा प्रहरीबाट धरपडक पश्चात् सिंहदरबारस्थित प्रहरी वृत्तमा राखियो । सोही मध्यरातमा उहाँहरु छोडिनु भएको थियो ।
कर्मचारीको लापरबाही र त्रुटिबाट हरिजनको हत्या
गृहमन्त्री बालकृष्ण खाणले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनका समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताउनु भएको छ ।
बलात्कारको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ
ओखलढुङ्गामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामूहिक बलात्कारको अभियोगमा चारजना पक्राउ
महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा लगेर तीनजनाले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ ।
हत्यामा संलग्न रहेको अभियोगमा पाँचजना पक्राउ
बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।