चितुवाको छालासहित चार जना पक्राउ
चितुवाको छालासहित कैलाली प्रहरीले चार जना व्यक्तिलाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका –२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
चिनियाँ नागरिक अपहरण गर्ने छ नेपाली पक्राउ
चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा बुधबार साँझ छ जनालाई पक्राउ गरेको हो ।
तरकारीका बोराभरि लागूऔषध
तरकारी भरिएको बोराभित्र लुकाएर ल्याएको ठूलो परिमाणको औषधिजन्य लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको जडीबुटीमा तरकारी बोकेको प्रदेश २–०३–००१ च २५०९ नम्बरको बलेरो खानतलासी गर्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो। भिन्डी र झिँगनी राखेको छवटा बोराभित्र चाङ लगाएर राखेको अवस्थामा एक सय मिलीलिटरका एक हजार १८० थान डायलेक्स–डीसी तथा एक हजार २६० थान नाइट्राभेट ट्याब्लेट र १५० थान प्रोक्सिभन लागूऔषध बरामद गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शंकास्पद एक व्यक्ति पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा नेपाल वायुसेवा निगमको जहाजबाट भारतको मुम्बईका लागि उड्न लागेका सन्तोष लामिछानेलाई प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो पक्राउ गरेको छ।
लागूऔषध गाँजासहित एक पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब तीन किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाइस लाख ५० हजार नगदसहित संस्कृति मन्त्रालयका उपसचिव पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको छ ।
लागु औषधसहित तीन जना पक्राउ
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका–५ बस्ने ललित बहादुर गुरुङ, त्यही बस्ने समिर सार्की र किरण वंशी मगर रहेका छन् ।
आरक्षण सीट लागु नगर्ने १९ बस कारबाहीमा
ट्राफिक प्रहरीले आरक्षण सीट लागु नगर्ने बसलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिर चल्ने चार वटा यात्रुबाहक बस, उपत्यकामा चल्ने १४ बस र एक माईक्रो बसलाई मंगलबार कारबाही गरेको हो ।
परिवारकै हत्यापछि आत्महत्या, तनावको कारण वैदेशिक रोजगार
वैदेशिक रोजगारको चरम विकृतिका रूपमा हत्याका घटना बढ्न थालेका छन्। साउनकै पहिलो साता चितवनको भरतपुर महानगरपालिका–१० मा एक दम्पतीको कारुणिक मृत्युको घटना सेलाउन नपाउँदै सङ्घीय राजधानी काठमाडौँमा परिवार नै सखाप पार्ने गरी अर्को बीभत्स हत्या भएको छ।