पाँच लाख सुपारी लिएर भारतीय नागरिकको हत्या : तीनजना पक्राउ
झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहिदिन अघि बोरामा फेला परेको शवको पहिचान खुलेको छ ।
हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ
मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।
एनआइसी एसिया बैंकमा चोरी
स्मृति मिश्र महेन्द्रनगर, असार १९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंकमा शनिबार राति चोरी भएको छ । बैंकको पछाडि रहेको झ्याल फोडेर चोरी गरिएको शाखा प्रमुख रोशन रायले बताउनुभएको छ । बैंक म्यानेजर रायका अनुसार आज बिहान बैंकको ब्रान्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले आइतबार बिहान थाहा पाएपछि आफूलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । ‘चोरी घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएको छ । बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र बैंकको भित्र लकर तोड्न प्रयास गरिएको छ ।’ शाखा प्रमुख रायले जानकारी दिनुभयो । बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।
२५० बोरा अफिमको दाना नियन्त्रणमा
भारतबाट विभिन्न व्यावसायिक सामग्री लिएर नेपाल आएका कन्टेनर फर्किने क्रममा तस्करीका सामान भरेर फर्किने गरेको छ । नेपालबाट भारततर्फ फर्किरहेको आरजे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर भारत छिर्न शुक्रवार विहान जमुनाहामा पुगेर इन्ट्री गराउने क्रममा सोधपुछ गर्दा चालक भागेपछि कन्टेनर नियन्त्रणमा लिई खानतलाशी गर्दा ठूलो परिमाणमा अफिमका दाना भरिएका बोराहरु भेटिएको छ ।
बलात्कार आरोपमा ८० वर्षीय बिक पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ
पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने एक महिलालाई बिहीवार टेकुबाट पक्राउ गरेको हो ।
इन्जिनियरसहित आठ जनाविरुद्ध १६ लाखको भ्रष्टाचार मुद्दा
भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।