बाँकेमा करिब छ करोडको चोरी पैठारीको सामान बरामद
प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाई गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।
नागपोखरीको सुनचाँदी चोरी गर्ने तीनजना पक्राउ
प्रहरीले नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
मूर्तिमा जडित सुनचाँदीको गहना चोर्ने तीन पक्राउ
प्रहरीले काठमाडौंको नक्सालस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
एटिएम मेसिन फोर्न खोज्ने पक्राउ
एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगर रहेका छन् ।
पाँच लाख भारूसहित पाँचजना पक्राउ
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाइन्टबाट सशस्त्र प्रहरीले पाँच लाख २१ हजार भारतीय रुपियाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।
नाबालिकालाई वेश्यावृत्ति गर्न लगाउने महिला पक्राउ
काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो ।
नक्कली छाप र दस्तखतमा किर्ते गर्ने अर्याल पक्राउ
कलंकीस्थित नेपाल एसबीआई बैंकबाट नक्कली छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ घर भई हाल ललितपुर–१५ सातदोवाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल रहेका छन् ।
बाँकेमा एक वर्षमा २८१ फरार प्रतिवादी पक्राउ
गत आर्थिक वर्ष २०७८–७९ मा बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका करिब तीनसय प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २८१ जनालाई गत आर्थिक वर्षमा पक्राउ गरेको हो ।
बैकिङ कसुर मुद्दामा ६६ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेका जबरालाई प्रहरीले पक्राउ गरेको छ।