• १० मंसिर २०८१, सोमबार

बाइस लाख ५० हजार नगदसहित संस्कृति मन्त्रालयका उपसचिव पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको हाे । 

प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

उपसचिव नेपालसँग स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपियाँ गरी जम्मा २२ लाख ५० हजार रुपयिाँ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।