तुम्लिङटार र सुर्खेतको हवाई टिकट सकियो
दसैँलाई लक्षित गरेर एयरलाइन्सको धमाधम हवाई टिकट बिक्री भइरहेको छ । अहिले ६० देखि ७० प्रतिशत बुकिङ भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको विभिन्न गन्तव्यमा ७० प्रतिशत हाराहारी बुकिङ छ ।
अग्रिम टिकट बुकिङ् असोज पहिलो साताबाट खुल्न सक्ने
दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
विस्थापित हुँदै रिक्सा, सञ्चालनमा ई–रिक्सा
तीन पाङ्ग्रे ई–रिक्साको व्यवस्थापन अब स्थानीय सरकारले गर्नुपर्ने भएको छ । झापासहित पूर्वी नेपालको विशेष गरेर तराई क्षेत्रमा रिक्साहरु विस्थापित भएर अहिले धेरै सङ्ख्यामा तीन पाङ्ग्रे ई–रिक्सा सञ्चालनमा रहेका छन् । परम्परागत रिक्साहरु भने अहिले हराइसकेको अवस्था छ ।
एनसेललाई ‘फास्ट नेटवर्क’ अवार्ड
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड प्राप्त गरेको छ । मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले जनवरी–जुन २०२२ का लागि एनसेललाई उक्त अवार्ड प्रदान गरेको हो । मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको ‘स्पिड स्कोर’ यो सम्मान प्राप्त भएको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।
भोगचलन नभएको जग्गामा औद्योगिक क्षेत्र निर्माण हुनसक्ने
रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ स्थित निर्माण हुन लागेको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्री बालकृष्ण खाणले सक्रियता देखाउनुभएको छ । ५ वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो ।
सी–आस्वामा छुट
नेपाल बैङ्कले धितोपत्र आवेदन गर्दा लाग्ने शुल्क हटाएको छ । ग्राहकले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पूरै छुट पाउने सो बैङ्कले जनाएको छ । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैङ्क तथा वित्तीय संस्थाले बढीमा पाँच रुपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
भारतका गौतम अडानी बन्नुभयाे विश्वका तेस्रो धनी
भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।
मध्यरातमा सारियो योजनाको सूचनापाटी
कपिलवस्तुको मायादेवी गाउँपालिका –१ को बरहीटोलमा एउटा साइनबोर्ड रहेको छ । सूचनापाटीअनुसार सो सडक स्तरोउन्नति हुनुपर्ने देखिन्छ । तर सडकमा काम भएको छैन । रातारात सूचनापाटी राखिएपछि स्थानीयले मिलेमतो भएको अनुमान गरेका छन् ।
तीन सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले बढेर ९५ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भएको थियो ।
मेलम्चीको रकम प्राप्त
बैङ्क अफ काठमाण्डु लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको रकम प्राप्त भएको छ । बैङ्कबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टीबापतको भुक्तानी रकम फिर्ता आएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिनुभयो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरूप पूरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टी उपर दाबी गरेकाले बैङ्क अफ काठमाण्डुबाट ग्यारेन्टीबापतको रकम भुक्तानी गरिएको थियो ।
तीन सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला तीन सय रुपियाँले घटेको हो ।
दशैंको मुखमा खसीबजार नहटाउन माग
काठमाडौं १४ कलंकीमा रहेको खसीबजार हटाउन महानगरले जारी गरेको सूचनाको व्यावसायीले बिरोध गरेका छन् । महानगरले बिना कुनै जानकारी अचानक खसीबजार हटाउन जारी गरेको सूचना पूर्वाग्रही भएको काठमाडौं चौपाया खरिद बिक्री प्रालि.का अध्यक्ष जनककुमार खड्काले बताउनुभयो ।
सुनलाई प्रहरीले किन भन्छ ‘सुनजस्तो पहेंलो धातु’
हरेक कुरामा सुनिश्चितता नहुने भएकाले सुन भनेर पक्राउ गरेको पदार्थलाई सुनजस्तो पहेंलो धातु वा पदार्थ भन्नुपर्ने हुन्छ । हेर्दा ठ्याक्कै सुनजस्तो पहेंलो देखिने पदार्थ सुन भनेर पक्राउ गरे पनि कहिलेकाहीँ मिक्स भइदिने र प्रहरीको आँखाले छुट्याउन नसक्ने हुँदा सुनजस्तो पहेंलो पदार्थ वा धातु भन्ने प्रहरीको नियम रहेको पूर्व डिआइजी हेमन्त मल्लले बताउनुभयो ।
कारखानाको ‘राष्ट्रिय प्रोफाइल’ तयार पार्न जरुरी छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकासका लागि नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । औधोगिक विकास र तथा आत्मनिर्भरताका लागि एउटा राष्ट्रिय प्रोफाइल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रतितोला चार सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला चार सय रुपियाँले घटेको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो ।
सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ ।
चिनियाँ नाका बन्द हुँदा आयातमा असर
चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । चीनले विना जानकारी एक्कासी नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरु सीमा पारी नै रोकिएका छन् ।
टेलिकमको खुद नाफा आठ अर्ब
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्षमा आठ अर्ब रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । २०७८ असार मसान्तसम्म सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपियाँ खुद मुनाफा गरेको नेपाल टेलिकमले २०७९ असारसम्ममा एक अर्ब २५ करोड छ लाख ४७ हजार रुपियाँले वृद्धि गरी आठ अर्ब ३८ करोड ८८ हजार रुपियाँ नाफा गरेको हो ।
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
सरकारले पनि विद्युतीय सवारी साधनको प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको तथ्य एवम् तथ्याङ्कले पनि देखाएको छ ।
औद्योगिक क्षेत्रको विकासले मात्रै समृद्धि
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको विकासले मात्रै देश समृद्धि हुने बताउनुभएको छ । चितवनको कालिका नगरपालिकाले शनिबार खोलेसिमलमा आयोजना गरेको औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङ मार्ग निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले उद्योग स्थापना अपरिहार्य भएको धारणा व्यक्त गर्नुभएको हो ।
पोखरा विमानस्थलको दुई प्रतिशत मात्र काम बाँकी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गत चैतमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण ग¥यो । चैत महिनामै हस्तान्तरण गरिए पनि आयोजनाको दुई प्रतिशत काम भने अझै बाँकी छ । बाँकी काम सम्पन्न गरेर सन् २०२३ जनवरी १ तारिखमा विमानस्थल सञ्चालनमा ल्याउने योजना छ ।
सुर्खेतमा बैकल्पिक विमानस्थल निर्माण गरिँदै
सुर्खेतको भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा सुर्खेतमा बैकल्पिक विमानस्थल निर्माणको लागि बजेट विनियोजन गरेको छ ।