पाँच महिनामा उनन्साठी हजार क्विन्टल चामल ढुवानी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच महिनामा ५९ हजार ६११ क्विन्टल चामल ढुवानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुर्गम तथा सुगम जिल्लामा सो परिमाणमा चामल ढुवानी गरेको हो । ढुवानीबापत आठ करोड ९७ लाख छ हजार २२८ रुपियाँ खर्च भएको कम्पनीले जनाएको छ । दुर्गम जिल्लामा ३४ हजार ८५७ क्विन्टल र सुगम जिल्लामा २४ हजार ७६४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षमा दुई लाख ९९ हजार ३०१ क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य रहेको छ ।
बढ्यो सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपियाँले उकालो लागेको छ ।
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’
नेपाल टेलिकमले अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैङ्किङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।
सुनचाँदीको मूल्य स्थिर
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ ।
सुन प्रतितोला एक लाख पाँच सय पुग्यो
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख पाँच सय तोकिएको छ ।
‘ब्लाकबेरी’ अब नेपालमा
काठमाडौं, पुस १ गते। भारतको चर्चित ब्रान्ड ‘ब्लाकबेरी’ अब नेपालमा पनि पाइने भएको छ। ब्लाकबेरीको लागि नेपालमा काठमाडौंमा दुई वटा नयाँ स्टोर खुलेका छन्।ब्लाकबेरीको भारतीय कम्पनी लाभिदा ट्रेडिङ प्रालि र ब्लाकबेरीले बिहीबारबाट नेपालमा ब्लाकबेरी ब्रान्डको पहिरनको औपचारिक बिक्री सुरु गरेको छ। काठमाडौंको सिभिल मल र दरबार मार्गमा नयाँ आउटलेट (शोरुम) बिहीबारबाट सञ्चालनमा आएको अध्यक्ष उत्तम लामिछानेले जानकारी दिनुभयो। ‘भारतमा निकै लोकप्रिय रहेको यो ब्यान्डलाई हामीले नेपाल भित्राएका छौं र आजबाट यसको औपचारिक बिक्री वितरण सुरु गरेका छौं। काठमाडौंपछि पोखरा, नारायणघाट लगायत अन्य शहरमा पनि ब्लाकबेरी इन्डियाको शोरुम खुल्नेछ’ लामिछानेले भन्नुभयो।भारतको ब्लाकबेरीले व्यवसायिक सफलता हासिल गरेको ३० वर्ष पुगेको अवसरमा नेपालमा यसको शोरुम खोलिएको हो। शोरुममा ब्लाकबेरी ब्रान्डको सुट, ब्लेजर, टाउजर, सर्ट, ज्याकेट, टिसर्ट तथा भित्री पहिरनहरु बिक्री वितरण गरिनेछ।
सुनको मूल्य प्रतितोला एक लाख
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।
नेपालगञ्ज क्षेत्रको विद्युत् पूर्वाधार विस्तार गरिने
नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रको विद्युत् संरचना विस्तार गर्ने भएको छ । नेपालगञ्ज र कोहलपुर तथा आसपासका क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारको सञ्जाल निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सो क्षेत्रमा सन् २०५० सम्म आठ सय मेगावाटसम्म लोड आपूर्ति गर्नुपर्ने आकलनसहित ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनको निर्माण गरिने जनाएको हो ।
भाडा वृद्धिको विरोधमा उद्योगी
औद्योगिक क्षेत्रको भाडा वृद्धिको विरोधमा उद्योगी व्यवसायी उत्रेका छन् । औद्योगिक क्षेत्रको भाडा वृद्धि नियमसङ्गत नभएको बताउँदै बढाइएको भाडा तत्काल फिर्ता गर्नुुपर्ने मागसहित उद्योगी व्यवसायी विरोधमा उत्रेका हुन् । कल्याण तथा सुुरक्षा समिति, पाटन औद्योगिक क्षेत्रले सोमबार पत्रकार सम्मेलन गरेर बढेको भाडा तत्काल फिर्ता गर्नुुपर्ने माग गरेको हो । समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कानुनविपरीत औद्योगिक क्षेत्रमा आठ गुणासम्म भाडा वृद्धि गर्दा उद्योगी व्यवसायी मारमा परेको बताउनुुभयो ।
तीन सयले घट्यो सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो ।
तनहुँ जलविद्युतको सुरुङ खन्ने काम ४३ प्रतिशत पूरा
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (पानी ल्याउने) को ४३ प्रतिशत पूरा भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमा सो प्रतिशत अर्थात् छ सय १० मिटर सम्पन्न भएको तनहुँ जलविद्युत आयोजनाको वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो ।
पर्यटकको रोजाइमा करबाकेली इको ट्रेक
करबाकेली इको ट्रेक पर्यटकको रोजाइमा पर्न थालेको छ । चार वर्ष अघि अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीको पहल र सक्रियतामा सञ्चालनमा ल्याइएको करबाकेली इको ट्रेकमा पदयात्रका लागि आउने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो ।
निर्माण अनुमतिका लागि चवालीस आवेदन
चालू आर्थिक वर्षमा ४४ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा निवेदन दिएका ९५ वटा आयोजनामध्ये ती आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन् । कुल सात हजार १५८ मेगावाट क्षमताका ती आयोजनामध्ये चालू आर्थिक वर्षमा मात्रै एक हजार ८६६.२ मेगावाट क्षमताका आयोजनाका प्रवद्र्धकले अध्ययन सकेर आवदेन दिएका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का सदस्य प्रकाश दुलालका अनुसार लाइसेन्सको अवधि गुज्रने खतराले यो वर्ष निर्माण लाइसेन्सको आवेदन बढेको हो । उहाँले भन्नुभयो, “लाइसेन्स खारेज हुनबाट जोगिन आवेदन गरिएको हो । विद्युत् खरिद बिक्री सम्झौताको टुङ्गो नलागे पनि अध्ययन तथा अन्य कार्यमा खर्च भइसकेका आयोजना जोगाउनुपर्ने बाध्यता हाम्रो छ ।”
सुनको मूल्य प्रतितोला एक लाख पाँच सय
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु
पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ ।
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ ।
सुनको मूल्य एक लाख नाघ्यो
स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेर एक लाख रुपियाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले गर्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । शुक्रबार सुन प्रतितोला छ सय रुपियाँले मूल्य बढेर एक लाख तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्सिर महिना सुरु भएदेखि नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएकाले स्थानीय बजारमा मूल्य बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न थालेको उहाँले बताउनुभयो ।
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।
अटो व्यवसायीद्वारा विरोध प्रदर्शन
सरकारले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरे पनि गाडी बिक्री हुने वातावरण नभएको भन्दै अटोमोबाइल व्यवसायीले आन्दोलन जारी राखेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अगुवाइमा बिहीबार काठमाडौँको माइतीघरमा अटो व्यवसायीले कालोपट्टी बाँधेर सरकार र नेपाल राष्ट्र बैङ्कविरुद्ध नाराबाजी गरेका थिए । बैङ्कले ब्याजदर घटाउनुपर्ने, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर्नुपर्नेलगायत माग राखेका छन् ।
गुणस्तरीय काम गर्न आग्रह
सहरी विकासमन्त्री मेटमणि चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायबीचको सहकार्य आवश्यक भएको बताउनुभएको छ । सरकार र निर्माण व्यवसायी मिलेर अगाडि बढेमा मात्र भौतिक पूर्वाधारका ठूला योजना निर्माण हुन सक्ने धारणा मन्त्री चौधरीले व्यक्त गर्नुभयो ।
सुनको मूल्य चार सयले बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।
अगाडि बढ्यो हेजिङ प्रक्रिया
लामो समयको चर्चा र प्रतीक्षापछि सरकारले ‘हेजिङ’सम्बन्धी काम गर्ने संस्थालाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै ‘हेजिङ’ सुविधा प्रदान गर्ने संस्थाका रूपमा काम गर्न चाहने संस्थालाई प्रस्ताव पेस गर्न सूचित गरेको हो । हेजिङ नियमावली, २०७९ अनुसार नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैङ्क वा वाणिज्य बैङ्कले हेजिङ सुविधा प्रदान गर्न सक्छन् ।
सुन चाँदीको मूल्य स्थिर
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।
अर्थतन्त्र सुधार्ने प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग मङ्गलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग छलफल गरी समाधान निकाल्ने बताउनुभयो । त्यस्तै उहाँले यस विषयमा निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता पनि जनाउनुभयो ।