कडाइपछि घट्यो आयात
केही वस्तुको आयातमा सरकारले कडाइ गरेपछि चैतमा आयात घटेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनाको तुलनामा चैतमा तीन अर्ब ३४ करोड ३२ लाख रुपियाँले आयात घटेको हो ।
कमैया, कमलरी, हलिया हरवाचरवाको अवस्था उस्तै
राज्यले कमैया, कमलरी, हलिया तथा हरवाचरवालाई मुक्तिको घोषणा गरे पनि पुनस्र्थापनाका लागि प्रभावकारी काम नहुँदा कष्टकर जीवन बिताउन बाध्य रहेको अध्ययन समितिले निष्कर्ष निकालेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी
त्यस बेलाको खान्गी
तत्कालीन राजा राजेन्द्रविक्रमको पालाको कुरा– खान्गीका रूपमा जिन्सी वा जग्गा दिने चलन भए पनि सरकारी जागिरदारले दुई वर्षसम्म बाली उठाउने अधिकारपत्र पाइरहेका थिएनन् । खान्गीभन्दा बेतन दिनुपर्छ भन्ने पक्षमा राजा सहमत थिए । कम्पु पल्टनका सैनिकलाई त्यो मन परेन । खान्की खारेज गर्ने पक्षमा रहेका चौतारा पुष्कर शाह, राजगुरु रङ्गनाथ, कपर्दार कुलराज पाँडेलगायत सात प्रमुख भारदारका घरमा कल्पु पल्टनका सैनिकले आगजनी गरिदिए । उनीहरूले इन्द्रचोकमा रहेको रङ्गनाथको वैभवशाली पुस्तकालय पनि जलाइदिए । यो नै नेपालको इतिहासमा राज्यका विरुद्धमा भएको पहिलो सैनिक विद्रोह थियो । रङ्गनाथले दैनिक, साप्ताहिक र मासिक रूपमा बेतन भुक्तानी गर्ने व्यवस्था गरेको तर तत्कालीन ब्रिटिस रेजिडेन्ट ब्राइन हड्सनको राजनीतिक समर्थनमा रङ्गनाथ मातहतको बटालियन बाहेकका सैनिकलाई उचाल्दा यस्तो परिस्थिति सिर्जना भएको इतिहासकारहरू भन्छन् (राणाकालीन शिक्षा) ।
युद्ध
प्रत्यक्षमा उसलाई नराम्रो भन्ने कोही निस्केन । डराएर हो वा श्रद्धाभिभूत भएर हो ? तर टोलछिमेकमा ऊसँग सम्पर्क गर्ने चाहना थोरैमा होइन धेरैमा देखियो । मानिसहरू ऊबाट तर्केर हिँड्न थाले । आँखामा आँखा जुधाएर कोही नबोल्ने भए । मित्रतापूर्वक पनि र शत्रुतापूर्वक पनि । यसरी ऊभित्र एक्लो हुनुको उच्चाट मौलाउँदै गयो । मानिसहरूप्रति उसमा एक किसिमको डरले जरा पैmलाउन लाग्यो । उसले रासन किन्ने पसलेधरिले ऊप्रति कुनै किसिमको मैत्रीभाव देखाएन । कममा पनि रासन किन्दाखेरि हुने बोलचाल पनि बन्द छ । कारण के
साहित्यमा मधेस
जनकपुरधाममा आयोजित त्रिदिवसीय मिथिला महोत्सवको पहिलो सत्रको विषय थियो– नेपाली साहित्यमा मिथिला एवं मधेस । नेपाल र नेपाली साहित्यसँग मिथिला एवं मधेसको सम्बन्ध चोली र दामनको सम्बन्धजस्तो सुदृढ, सुमधुर र सहृदयी सदीयौँदेखि रहँदै आएको कुरो सर्वविदित छ । साहित्यकार हृदयदेखि नै संवेदनशील हुन्छन् । नेपाली साहित्यकार तथा छिमेकी राष्ट्र भारतका साहित्यकारले मिथिलाप्रतिको मोह एवं प्रेम अभिव्यक्त गर्दै आएका छन् । भारतका राष्ट्रकवि रामधारी सिंह दिनकरको मिथिलाप्रतिको मोह एवं प्रेम तलका काव्यपङ्क्तिमा यसरी अभिव्यक्त भएको पाइन्छ–
११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख २८ हजार ४८८ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँबराबरको स्वास्थ्य उपचार सेवा लिन सक्ने भएका हुन् ।
कथ्य भाषाको तागत
तपाईं–हाम्रो जीवनशैली जति मौलिक हुन्छ, हाम्रो सांस्कृतिक पहिचान पनि त्यति नै चहकिलो हुन्छ । हाम्रो मौलिक पहिचानलाई चम्काउने अनेकन् पक्षमध्ये एउटा पक्ष कथ्य भाषा (जनबोली) पनि हो । कुनै पनि समुदायको पहिचान निर्माणमा स्थानीयपन मगमगाएको कथ्य भाषाको बेजोड भूमिका हुने तथ्यलाई सबैले स्वीकार्दै आएका छन् ।
बन्दसूचीबाट नाम हटाउन दलकै निर्णय आवश्यक
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो ।
निर्वाचन र स्थानीय मिडिया
नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ ।