जो बोकिरहेछन् भ्रष्टाचारका खेप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचार तथा आर्थिक अनियमिततासँग जोडिएका उच्च ओहोदाका व्यक्तिविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिइरहेको छ तर आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएकामध्ये केही व्यक्ति यस्ता छन्, जो निरन्तर मुद्दामाथि मुद्दा बोकिरहेका छन्, त्यो पनि अर्बौं रुपियाँको बिगोसहित ।
१५ पदाधिकारीसहित २५१ सदस्यीय कमिटी चयन गर्ने
नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरेअनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
नेपाल प्रहरी विभिन्न २२ वटा मुद्दा दर्ता भई थुनाबाट फरार भएका एक युवकलाई नगद १० लाख २३ हजार ५०० सहित पक्राउ गरेको छ ।
गोरखापत्रकर्मी पराजुलीको उपन्यास बखानमाथि बहस
साहित्यकार एवम् गोरखापत्रकर्मी वसन्त पराजुलीको कृति उपन्यास बखानमाथि हेटौँडामा शुक्रबार परिचर्चा भएको छ ।
उदघाटनसत्रमा उपस्थितिका लागि सार्वजनिक अपिल
नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपिल गरेको हो ।
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ
विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्।
सिपको प्रयोग गरी आर्थिकरुपमा सशक्त बन्न सुझाव
गोकर्णेश्वर नगरपालिका र गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सहकार्यमा आयोजित १८ दिने विविध प्रकारका झोला बनाउने तालिम सम्पन्न भएको छ ।
सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी
नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
पालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गर्नुभएको छ ।