घाँस खेतीबाट वार्षिक २० लाख रुपियाँ गोकर्णकाे आम्दानी
गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ ।
कृषि क्षेत्रमा जलवायु परिवर्तन, विज्ञहरूद्वारा चिन्ता व्यक्त
कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
जागिर त्यागेर बुङ्गुर पालनमा रमाउँदै श्रेष्ठ परिवार
भेटेनरी डाक्टर सञ्जय श्रेष्ठलाई जागिरका लागि धेरै अवसर आयो । पुर्ख्यौली पेसा कुखुरा पालन गर्दैआएका डा. श्रेष्ठ जागिरभन्दा कृषि पेसामा रमाउनुभयो ।
किसानसँगको धान खरिद प्रक्रिया अविलम्ब अघि बढाउन माग
नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नस्ल सुधार गरिँदै
साना दूध उत्पादक किसानको उत्पादन वृद्धि गर्न कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नश्ल सुधार गरिने भएको छ ।
सुन्तलाका लागि प्रख्यात गुल्मीकाे ‘भाडगाउँ’
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । गाउँभरी लटरम्म सुन्तला फलेका छन् ।
दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।
ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन
ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा १३ हजार २५३ मेट्रिकटन धान उत्पादन भएको हो ।
माटो बिग्रन नदिनका लागि कानुनी व्यवस्था छैन : कृषि विभागका महानिर्देशक
नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नै नभएको पाइएको छ ।