प्रकाशनका सुरुका केही वर्ष ग्राहक अभावले गोरखापत्रले सकस व्यहोर्नुपरेका कुरा त्योबेला प्रकाशित विज्ञापनबाट स्पष्ट हुन्छ– “ग्राहकवर्गले यस्का उपर कृपादृष्टि नदिनु भयाका हुनाले अब यो गोर्खापत्र चल्नालाई बडा मुश्किल हुने जस्तो बुझियो यस कारण यो सूचना गरियाको हो । येस गोर्खापत्रले आफ्नू उत्साह बढाउने ग्राहकहरु नभयाको देखेर सबैसँग बिदा माग्दछ कि भने जस्तो भयाको छ ।” प्रकाशन बन्द नै गर्नुपर्ने स्थितिका बारेमा यो गुनासोबाट अनुमान गर्न सकिन्छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले विगतभन्दा अहिलेको श्रमबजार चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।
(दलित, गरिब, मजदुर छन् यहाँ कुन हालतमा, के के कथा भयो यहाँ नेपालमा । कसैले खान्छ कमिसन, कसैले खान्छ सरकारी भत्ता । बैङ्कजति सबै खाली भए, बाँकी रह्यो त खाता) । हरवा–चरवा राष्ट्रिय अधिकार मञ्च पर्साका अध्यक्ष अमरदेव पासवानले गत चैत २७ गते सर्लाहीको एक कार्यक्रममा यो गीतमार्फत आफ्ना पीडा सुनाउँदा धेरैले ताली बजाए । गीतले सबैको मन छोएर होला, हल तालीले गुञ्जियो । खानेले कमिसन खाए, सरकारी भत्ता पनि खाए । नपाउनेले केही पाएनन् । हुँदाहुँदा बैङ्कको पैसा पनि रित्तियो, अब बैङ्कमा खाता मात्र बाँकी छ । गीतका यी शब्द मर्मस्पर्शी र मन छुने खालको छ । उसै पनि अहिले देशमा आर्थिक मन्दी छ । आर्थिक विश्लेषकले निरन्तर यी विषयको विश्लेषण गरिरहेका छन् ।
थारू समुदायको सबैभन्दा ठूलो पर्व हो– ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् । बीच (कपिलवस्तु–चितवन)का थारूले खिचरा पर्व भन्छन् । दाङ पश्चिमका थारूले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका तराईको जिल्लामा थारूको बसोबास छ । त्यही भएर ठाउँअनुसार पर्वलाई आफ्नै शैलीमा मनाइन्छ । माघे सङ्क्रान्तिको नामले सबै नेपाली समुदायले पर्वलाई माघ १ गते मनाउँछन् । बाह्र महिनामध्ये एउटा महिना माघ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ या माघी रहन गयो । पूर्वदेखि पश्चिमसम्मका थारू समुदाय काठमाडौँ उपत्यकामा यो पर्व २०५९ देखि मनाउन थालेपछि माघी सम्बोधन गर्न थाले । विशेषगरी थारू समुदायको छाता सङ्गठन थारू कल्याणकारिणी सभा (थाकस)ले २०५९ देखि काठमाडौँमा माघी महोत्सव मनाउन थालियो । पूर्वका थारू र काठमाडौँ उपत्यकामा कामविशेषले बसोबास गर्ने थारूले साझा पर्वका रूपमा माघलाई ‘माघी’ भन्न थाले । उच्चारण जे गरिए पनि पर्व ‘माघ’ नै हो । पश्चिमा थारूले यसलाई विशेष पर्व (नयाँ वर्ष)का रूपमा मनाउँछन् । स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडियाले ‘माघी’ उल्लेख गरेको छ । लेखिएको छ, “माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ ।” माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारू गाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारूमा ‘जिता मर्ना’ भनिन्छ । सुँगुरको मासुसँग थारू परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँड रक्सी परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरि जाग्राम बसिन्छ । त्यस रात थारूहरू दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारू इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत सिर्जाइएको हुन्छ । रातभरि जाग्राम बसी गीत गाउने गायकको सत्कारका लागि जाँड रक्सी र खानपानको व्यवस्था गरिएको हुन्छ । विशेष सम्मान र आतिथ्यता प्रदान गर्ने चलन छ ।माघ लहानमाघ १ गतेलाई पवित्र दिन मानिन्छ । सुँगुर, बँगुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिनमा हो । भोलिपल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामूहिक रूपमा जलासयमा गई स्नान गर्ने गरिन्छ । जसलाई थारूहरूले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारू भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यस दिन जलदेवतासँग पानी खरिद गरेर स्नान गरिन्छ । स्नान गर्दा पानीभित्र सिक्का छाड्छन् । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरिको पापकर्म पखालिन्छ, नष्ट हुन्छ भन्ने विश्वास छ । नुहाउन जाँदा बाटोभरि धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व बरघर या घरमूलीले गर्छन् । गाउँभरिका सदस्य सामूहिक रूपमा जलासयमा रमाइलो गर्दै स्नान गर्छन् । यो परम्पराले सामूहिकताको विकास गरेको छ । सहयोगको भावना वृद्धि गरेको छ । आशीर्वाद लिने प्रचलनघरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मानस्वरूप शिर निहु¥याएर ढोग गर्ने र आशीर्वाद लिने प्रचलन छ । थारू समुदायमा अभिभावकको खुट्टा छोएरै आशीर्वाद लिने प्रचलन छ । गाउँघरका सदस्यले कामविशेषले देश बाहिर, गाउँ बाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नान गरी पूर्खालाई ढोग गरी आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठूलालाई सम्मान दिन्छ र दीर्घायू तथा सुखी जीवनको मनग्ये आशीर्वाद प्राप्त हुन्छ । ढोग आशीर्वादले एकअर्कालाई जोडेको छ । ठूलाको सम्मान र सानाको माया यसमा अन्तरनिहित छ । यसले व्यक्ति–व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई जोड्छ । मनमा शान्ति भएपछि समाजमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भएमा देशमा शान्ति आउँछ । थारूहरूले माघ १ गते स्नान गरेपछि ठूलाको आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार)मा गुन्द्रीमा अलग–अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले चामल, नुन र दाललाई छोएर पाँच–पाँच अञ्जुली अलग भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठूलाको आशीर्वाद थाप्छन् । नजिकमा मठ मन्दिर वा देवालय भएका गाउँका सदस्यले चोखो मनले भगवान्को पूजा गर्छन् । पूर्खाको आशीर्वादले वर्षभरि सुख, शान्ति, प्रगतिको आशीर्वाद प्रदान गर्छन् । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ । यो प्रचलनले एकअर्कासँग सम्बन्ध प्रगाढ बनाउने भूमिका निर्वाह गर्छ । ढोग आशीर्वादपछि मात्र सामूहिक खानपिन गरिन्छ । सुखदुःखका कुरा साटासाट गरिन्छ । चेलीबेटीलाई निसराउमाघ १ गते थारूले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनको रूपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहारका रूपमा प्रदान गरिन्छ । आजभोलि थारूमा नगदसहित निसराउ दिने प्रचलन बढ्दै गएको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य माइत ल्याइन्छ । माइत आएका चेली फर्कने बेलामा निसराउ लिएर फर्किन्छन् । कुनै कारणबस माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घरमा जान्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । नाता कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महìवका साथ हेरिन्छ ।सम्बन्ध जोड्ने पर्वमाघी पर्वले एकअर्काबीच भएको तिक्तता हटाउँछ । कसैसँग रिसइबी भएको छ भने माघ १ गते जलासयमा स्नान गरी एकापसमा अङ्कमाल गर्नाले वर्षभरिको रिसइबी हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, विमार हट्ने र वर्षभरिको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघ पर्वलाई मेलमिलापको पर्व मानिन्छ । एकअर्कालाई ढोग आशीर्वाद लिने प्रचलनलाई थारूहरूले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसो गर्दा गाउँका सदस्यबीच एकता, मित्रता र आपसी सहयोगको भावनामा वृद्धि हुन्छ ।नयाँ वर्षथारू संवत्अनुसार यो माघ २६४६औँ हो । माघ पर्वलाई थारूले नयाँ वर्षका रूपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाब गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुरु गर्छन् । वर्ष दिन गरेको कामको लेखाजोखा, हिसाब मिलान तथा गाउँको काम गर्नका लागि नियुक्त गरिएकाहरूको पारिश्रमिक भुक्तान गर्छन् । माघ १ गतेदेखि नयाँ नियुक्ति गर्छन् । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमूली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ति हुन्छ । जवान भएका छोराछोरीको विवाहको काम पनि माघ महिनाबाटै सुरु हुन्छ । वर्षदिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारूले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । थारूले माघी पर्वका लागि महिना दिनसम्म तयारी गर्छन् । खाने चामलदेखि, पैसाको जोहो, ढिक्रीलगायतका परिकार बनाउने सामग्री, तेल, नुन, खुर्सानी सबै चिजको जोहो गर्छन् । मासुका लागि सुँगुर बँगुर खोज्नेदेखि खोलामा गएर माछा मार्ने, घोङ्घी, गँगटा, सीपी खोज्नेसम्मको तयारी गर्न महिना दिनको समय चाहिन्छ । जिल्लामा माघी महोत्सव, खिचरा महोत्सव, तिला सङ्क्राइत महोत्सव गर्ने प्रचलन छ । यसले थारू समुदायको कला संस्कृतिको जगेर्ना गर्छ । अर्कोतर्फ आफ्नै घरमा उत्पादित परिकार बिक्री गरेर आम्दानी पनि गर्छन् । माघ पर्वका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचार प्रसारले पर्यटन क्षेत्रको प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । यो पर्वमा विशेषगरी मघौटा नाच, छोक्रा, हुरदङ्ग्वा नाचिन्छ । थारूले पुसको अन्तिम दिन जिता मार्ने, माघ १ गते लहान गर्ने, २ गते खिचडी भात खाने र साताभरि रामरमाइलो गर्छन् । माघी महिनामा थारू गाउँमा मेला महोत्सव लगाउने प्रचलन बढ्दै गएको छ । त्यसले स्थानीय उत्पादनको व्यापार पनि बढेको छ ।
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि तय भएको संसद् बैठकमा सङ्घीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको परामर्शमा संसदको विजनेस तय गरेको छ ।
नेकपा (एमाले) ले प्रदेश तर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज शनिबार बसेको पदाधिकारीको बैठकले नाम टुङ्गो लगाएको हो । आजै एमालेले समानुपातिक सूचीमा निर्वाचन आयोगमा बुझाएको छ ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सार्वजनिक गरेको २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार पार्टी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा लाइभ डिवेटमा अध्यक्ष ओलीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
‘समवेत दृष्टि’ पछिल्लो समय बजारमा आएको पुस्तक हो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा राख्नुभएका विचार, धारणा र अभिव्यक्तिका सकारात्मक पक्षलाई संकलन तथा सम्पादन गरी पुस्तककार दिएर दस्तावेजीकरण गरिएको छ । लेखक तथा संकलक् लोग्शरी कुँवर र सञ्जय खड्काले संयुक्तरुपमा संकलन गर्नुभएको उहाँको विचार समवेत दृष्टिमार्फत एकठ्ठा रुपले पस्कने काम भएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ ।
पुरानो गृह मन्त्रालय परिसर सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग परिसरमा एक जना अपाङ्गता भएका नागरिक ह्वील चियरमा पसिना काढ्दै पुग्नुभयो । श्रीमतीका लागि राष्ट्रिय परिचयपत्र बनाउन परिसरसम्म पुग्न उहाँलाई निकै सास्ती खेप्नुप¥यो । प्रवेश गर्ने दक्षिणको मूल गेटदेखि सोध्दै–खोज्दै विभाग परिसर पुग्न उहाँलाई आधा घण्टा बढी समय खर्चिनुप¥यो । परिचयपत्रका लागि विवरण दर्ता गर्ने स्टेशनसम्म पुग्ने कुनै संकेत र साइनबोर्ड नदेख्दा आफूलाई सास्ती खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गतेका लागि सरकारले निर्णय गर्ने तयारी गरेको बताउनुभएको छ । निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा उहाँले सो जानकारी गराउनुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको खस्कँदो आर्थिक अवस्थाले मुलुक आर्थिक संकटमा फँस्दैगएकोप्रति चिन्ता व्यक्त गरेको छ । आर्थिक विज्ञहरुले नेपालको अर्थतन्त्र श्रीलंकाको पथमा गइरहेको भन्दै विश्लेषण गरिरहेकाबेला एमालेले सो चिन्ता व्यक्त गरेको हो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ । वर्तमान गठबन्धन सरकार विकास निर्माण तथा आर्थिक पक्षमा पूर्णतः असफल भएकाले आउने निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने उहाँले बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग पारवाहन सन्धी गरेबापत, उत्तरी नाका खोलेबापत र चुच्चे नक्सा जारी गरेबापत आफूलाई यसअघि प्रधानमन्त्रीबाट हटाइएको दावी गर्नुभएको छ ।