• १० भदौ २०८१, सोमबार

सांसद गुरुङलाई सवाल

तेह्रथुमलाई पर्यटन गन्तव्य बनाउँछौँ : पूर्वमन्त्री गुरुङ

blog

काठमाडौं, साउन २२ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सहरी विकासमन्त्री तथा प्रतिनिधि सभा सदस्य सीता गुरुङले तेह्रथुमको समृद्धिका लागि सुरु भएका विकास आयोजना सम्पन्न हुनेक्रममा रहेकाले जिल्लावासीले चाँडै अनुभूति गर्न पाउने बताउनुभएको छ । 

जिल्लाको समग्र विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा काम भइरहेकाले तेह्रथुमलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उहाँको भनाइ छ । त्यहाँ लिम्बु समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको उहाँले बताउनुभयो । 

तेह्रथुमलाई ढाका कपडाको राजधानीको रूपमा घोषित भइसकेकाले त्यसको उत्पादन र उचित बजारीकरण गर्नसके यहाँका नागरिकको आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

प्रस्तुत छ, पूर्वमन्त्री गुरुङसँग गोरखापत्र अनलाइनका उपसम्पादक लक्की चौधरी, क्यामेरामा मनोजरत्न शाहीकेशब गुरुङले गर्नुभएको ‘सांसदलाई सवाल’ भिडियो अन्तरवार्ता । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।