प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ नै दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुनुहुन्छ ।
निर्वाचनका अवसरमा करिब सात लाख ५० हजार मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । बुधबार साँझसम्म थप एक लाख यात्रु बाहिरिने प्रहरीको अनुमान छ । आमनिर्वाचन, होली पर्व र एक हप्ताको सरकारी बिदाले गर्दा उपत्यकाबाट बाहिरिने सङ्ख्या अत्यधिक भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार एक लाखको हाराहारीमा यात्रु बाहिरिएका छन् ।
निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ । सार्वजनिक सवारीमा अत्यधिक चाप बढेसँगै ‘रिजर्भ’ गरेर जानेको सङ्ख्या पनि उत्तिकै छ । नियमित रुटमा सवारी थप गर्नु परेको यातायात व्यवसायी सङ्घले बताएका छन् ।
प्रमुख राजनीतिक दलले चुनावी घोषणापत्रमा जातीय भेदभाव तथा छुवाछुत र दलित समुदायका लागि पुरानै प्रतिबद्धता दोहोर्याएका छन् । संविधानको धारा २४ र ४० मा भएका दलितसम्बन्धी व्यवस्था कार्यान्वयनको सवालमा पनि दलहरू खासै खुलेका छैनन् । नयाँपन र सिर्जनात्मकता पनि पाइँदैन । विगतमा जस्तै छुवाछुत न्यूनीकरण र सहभागिता सुनिश्चित जस्ता पुरानै प्रतिबद्धता छन् ।
प्रतिनिधि सभामा यातायात व्यवसायीको प्रतिनिधित्व गर्ने भन्दै उम्मेदवार बनेका व्यवसायीले यातायात क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर प्रचारप्रसारमा जुटेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभिन्न पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार भएका करिब आधा दर्जन व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलाई विश्वसनीय, भरपर्दो र प्रविधियुक्त बनाउने प्रतिबद्धता गरेका छन् ।
दलित समुदायबाट प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका करिब २३२ जनामा झन्डै ५० प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रमा पनि अधिकांश युवा उम्मेदवार छन् । पहाडमा भन्दा मधेश र सहरी क्षेत्रका दलितले बढी मात्रामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फको १६५ सिटका लागि ६५ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४९० उम्मेदवार चुनावी मैदानमा हुँदा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित चुनावी मैदानमा छन् । तथ्याङ्क अनुसार २३२ जनामा करिब ११२ स्वतन्त्र उम्मेदवार रहेको समता फाउन्डेसन र डिग्निटी इनिसिएटिभको अध्ययनले देखाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरू देश बनाउने र जनताको सेवा गर्ने हुटहुटीले चुनावी मैदानमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा गरी करिब ८
आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जम्मा नौ जना दलित समुदायका व्यक्ति प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका छन् ।
सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न खरिद भएका पाँच वटा प्रिन्टर उपयोगविहीन भएका छन् । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले स्मार्ट लाइ
काठमाडौँ उपत्यकामा ५३ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेका छन् । पुराना सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त कालो धुवाँ फाल्दै सडकमा गुडिरहँदा पनि नियमनकारी निकायको प्रभावकारिता भने देखिँदैन । यसले गर्दा चिसो मौसमसँगै उपत्यकाको वायु प्रदूषणलाई तीव्रता मिलेको छ ।
चिसो बढेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको सूचकाङ्क बढेको छ । वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको वातावरण विभागले जनाएको छ । बिहीबार र शुक्रबार वायु प्रदूषणको सूचकाङ्क १७२ सम्म पुगेर संवेदनशील अवस्था पार गरेको छ । विभागका अनुसार वायु प्रदूषण सूचकाङ्क (एक्युआई) १०० पिएमसम्मलाई सामान्य मानिन्छ । एक सयदेखि १५० पिएमसम्मको अवस्थालाई बिरामी, बच्चाबच्ची र वृद्धवृद्धालाई संवेदनशील अवस्था मानिएको हुन्छ । १५० देखिमाथि ‘रेडजोन’ अस्वस्थकर र सावधानीपूर्ण अवस्था मानिन्छ । शुक्रबार रत्नपार्क, शङ्खपार्क, भक्तपुरलगायतका स्थानमा वायु प्रदूषण सूचकाङ्क १७२ सम्म पुगेको छ ।
प्रत्यक्ष (बढीमतीय) १६५ निर्वाचन क्षेत्रमध्ये करिब २० वटा निर्वाचन क्षेत्रमा दलित समुदायको जनसङ्ख्या अन्य जातजातिको भन्दा धेरै छ । जहाँ दलितको भोटले मात्रै पनि निर्वाचन जित्न सकिने सम्भावना रहेको दलित नागरिक समाजको दाबी छ ।
यातायात व्यवस्था विभागले तिहारपछि मात्र सेवा नियमित सञ्चालन गर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी गरिँदा सबै सेवा ठप्प भएको यातायात व्यवस्था विभागले तिहारपछि सेवा नियमित सञ्चालन गर्ने भएको छ ।
दसैँको अवसरमा अग्रिम टिकट बुकिङ खुलाको घोषणा नगरी व्यवसायीले मनोमानी टिकट काट्न थालेपछि यात्रुहरू अलपत्र पर्न थालेका छन् । बसपार्कमा अग्रिम टिकट नपाउँदा दसैँमा घर जाने तयारी गरेकाहरू अन्योलमा परेका छन् । आइतबार अग्रिम टिकट काट्न जानेहरू खाली हात फर्किएका छन् । दसैँ मनाउन घर फर्किनेहरूको चहलपहल बसपार्क तथा सार्वजनिक यातायातमा बढेको त छ तर अग्रिम टिकट बुकिङ
सरकारले प्रतिनिधि सभाको निर्वाचन २०८२ फागुन २१ गतेलार्ई घोषणा गरेपछि राजनीतिक दलहरूका नेताले निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिने क्रम सुरु भएको छ ।