ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा खराब सुरुवात गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँग घरेलु मैदानमा हुने तीन खेलको एकदिवसीय सिरिज नेपालका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
अंकित सुवेदीले सतकीय इनिङ्स खेलेपछि प्रदेश–१ ले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशमाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा प्रदेश–१ ले बागमती प्रदेशलाई ६९ रनले हरायो ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले जित निकालेका छन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश–१ लाई सात विकेटले हरायो ।
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो ।
विभागिय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी जितेको छ ।
नवौं राष्ट्रिय खेलकुदको फुटबलको दुवै स्वर्णमा विभागीय टोली एपीएफ क्लबले कब्जा जमाएको छ । एपीएफले पुरुष र महिला दुवै तर्फ स्वर्ण आफ्नो पोल्टामा पारेको हो ।
आर्मीले सर्वाधिक ८८ स्वर्ण, ५८ रजत र ३९ कांस्यसहित कूल एक सय ८५ पदक जितेको छ । खेलको सुरुवात देखिनै पदकमा पकड जमाएको आर्मीले दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबभन्दा दोब्बर पदक जितिसकेको छ ।
नेपाली खेलकुदको सबै भन्दा ठूलो घरेलु महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुभारम्भ शुक्रबार पर्यटकीय नगरी पोखरामा हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार गरिने भएपनि अधिकांश खेलहरु अगाडिनै सुरु भईसकेका छन् ।
तेक्वान्दो संघमा देखिएको विवादले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत निरन्तरता पाएको छ । विवादका कारण नवौंमा बागमती प्रदेशबाट छनोट भएका तेक्वान्दो खेलाडी प्रतियोगिताबाटै बन्चित हुने अवस्था आएको हो ।
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) सँग सम्पर्कमा हुनुहुन्न ।
हरेक संस्करणमा साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि चुम्ने धोको राखेको नेपाल यसपटक पनि स्तब्ध बनेको छ । दशरथ रंगशालामा सोमबार साँझ करिव १६ हजार दर्शकको साथमा फाइनल खेलेको नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो ।
‘‘हामी नौ सातादेखि एउटै लक्ष्यमा छौं । खेलाडी शारीरिक, मानसिक र प्राविधिक रुपले फाइनलमा लागि तयार छन् । नेपालको एउटै अर्जुन दृष्टि ट्रफी हो । ट्रफी बाहेक हामीले केही देखेका छैनौं,’’ फाइनलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले भन्नुभयो ।