लाओसविरुद्ध नेपालले बल पोसेसन राख्न नसके पनि अनुभवी दुई खेलाडी अनन्त तामाङ र नवयुग श्रेष्ठको गोलमा जित निकाल्यो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी गर्नुभएको छ ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
आईसीसी विश्वकप लिग–२ को पछिल्ला खेलहरूमा सानदार नतिजा निकालेपछि नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा समेत उल्लेख्य सुधार गरेको छ ।
ललितपुरको फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोलले हरायो ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।
नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।
आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (युएई) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पीएनजीले युएईलाई ५६ रनले हरायो ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो ।
हिमालयन शेर्पाले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाले पुलिसलाई १–० गोलले हरायो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ ।
संयुक्त अरब इमिरेट् (युएई) मा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा युएईलाई पपुवा न्युगिनी (पीएनजी)ले हराएपछि नेपाललाई केही फाइदा भएको छ ।
नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हरायो ।
केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द फुटबल क्लबले जितेको छ । दशरथ रङ्गशालामा बुधबार साँझ भएको फाइनल खेलमा सातदोवाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।
नेपालले युएईमा जारी आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।