नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर २ मा मनोनयन दर्ता गराउनु भएको छ । उहाँले सो अवसरमा विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग आग्रह गर्नुभयो ।
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल दाङ क्षेत्र २ बाट मनोनयन दर्ता गराउनु भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दर्ता गराउनुभएको हो ।
बाँके क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का सुमन मल्लले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा (एमाले) सचिवालय बैठकले पूर्व केन्द्रीय सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा उम्मेदवार परिबर्तन गरेको हो । एमालेले जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. ताराप्रसाद जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको छ ।प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनका लागि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
नेपाल चिकित्सक सङ्घ –एनएमए) को आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । मंगलबार अपरान्ह चारिकोटस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता गुरुङले पार्टीका नेता एवं कार्यकर्तासँगै गएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम-२ मा आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ।
नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नं. २ मा भागवत प्रकाश मल्लले मनोनयन गर्नु भएको छ ।
नेपालकी कराते स्टार एरिका गुरुङले ब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नु हुने भएको छ ।
उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् । विस्पोटमा परी एक जना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्तालाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।