शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको छ।
फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको हो ।
अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी २ बाट जनमतका अध्यक्ष डा. सिके राउतसँग फराकिलो मतान्तरले पराजित हुनु भएको थियो । त्यसपछि बारा २ बाट उपनिर्वाचनमा विजयी भएर संसदीय यात्रामा पुग्नु भएको थियो ।