• ६ माघ २०८२, मङ्गलबार

चीनको कारखानामा विस्फोट, नौ जनाको मृत्यु

blog

बेइजिङ माघ ६ गते । उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् । विस्पोटमा परी एक जना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्तालाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

प्रारम्भिक रिपोर्टले इनर मङ्गोलिया स्वायत्त क्षेत्रको बाओगाङ युनाइटेड स्टिल कारखानामा भएको विस्फोट ६५० घन मिटरको पानी र स्टिम ट्याङ्कीबाट भएको देखाएको थियो । सिन्ह्वाले यस अघिको विस्फोटमा घाइते भएका ८४ जनालाई उपचारका लागि अस्पताल लगिएको बताएको थियो ।

सामाजिक सञ्जालमा आएको फुटेजमा कारखानाको छत र भग्नावशेष, माथिको धुवाँ र घटनास्थलमा फायर इन्जिन देखाइएको छ । अन्य भिडियोमा कारखानाबाट निस्कने धुवाँ र भवनको भग्नावशेषबाट आएको जस्तो देखिने ठुलो, बेलनाकार रूपमा आकाशमा विस्फोट भइरहेको देखाइएको छ ।

स्थानीय बासिन्दाले विस्फोटले उनीहरूको घर हल्लाएको र झ्याल च्यातेको बताएका छन् । गत जुन महिनामा मध्य चिनको हुनान प्रान्तको एक कारखानामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । सन् २०१५ मा बन्दरगाह सहर तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए । रासस/एएफपी