• ६ माघ २०८२, मङ्गलबार

जोशीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

blog

राजीनामा दिनु भएका डा. ताराप्रसाद जोशी।

अविनाश चौधरी

धनगढी, माघ ६ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. ताराप्रसाद जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको छ ।प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनका लागि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको हो ।

जोशीले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १९४ बमोजिम सभाको सदस्य पदबाट स्वेच्छिक राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनु भयो । 

जोशीले माघ ४ गते नै सभामुखसमक्ष राजीनामा पेस गर्नु भएको थियो । उहाँले २०७९ को निर्वाचनमा डडेल्धुराको क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र रूपमा प्रदेशसभा सदस्यमा जित हात पार्नु भएको थियोे । यस पटक उहाँ उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दै हुनु हुन्छ ।