दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा ११ जना स्वतन्त्रसहित ३७ जनाको उमेदवारी परेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिममा विभिन्न १२ राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसपटकको निर्वाचनलाई जिल्लाको राजनीतिक विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को माघ ९ देखि १० गतेसम्म विराटनगरमा हुने भनिएको ११ औं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बाँकेमा उम्मेदवारी दर्ता भएको छ । सो क्रममा बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता उत्साहजनक भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ ।
कैलाली–क्षेत्र नं. ४ बाट नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा संशोधनविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको सक्कलप्रति झिकाउन आदेश गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट नुवाकोट–१ मा जिल्ला अध्यक्ष बद्री मैनालीले निर्वाचन कार्यालय खरानीटारमा पुगेर मनोनयन दर्ता गराउनुभएको छ ।
नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा तेह्र जनाको उम्मेदवारी दर्ता भएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं निवर्तमान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गर्नु भएको छ । मङ्गलबार दिउँसो एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले प्रस्तावक र सचिवालय सदस्य युवराज अधिकारीको समर्थनमा उहाँले मनोनयन दर्ता गर्नुभएको हो ।