अनिल पराजुली
हेटौँडा, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता उत्साहजनक भएको छ ।
हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङ स्थित प्रादेशिक कृषि थोक बजारमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी (उनेपा) र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नयाँ पार्टीले युवा उम्मेदवारलाई अगाडि सारेको छ भने पुराना पार्टीले पुरानै र केहीले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेस मकवानपुरकाबाट निर्वाचन क्षेत्र नम्बर १ मा बुद्ध लामा तथा निर्वाचन क्षेत्र नम्बर २ मा डिना उपाध्यायले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेका तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा रामेश्वर राना र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वसांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरबाट मकवानपुर क्षेत्र नं. १ बाट बिजय गौतम र मकवानपुर क्षेत्र नं. २ बाट लवशेर विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राप्रपा मकवानपुरबाट मकवानपुर निर्वाचन क्षेत्र नं. १ बाट दीपक बहादुर सिंह र मकवानपुर निर्वाचन क्षेत्र नं. २ बाट राम बहादुर थोकरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाश गौतम र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट तेजप्रसाद उप्रेती (रमेश) र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट सन्तोष विष्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठ र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट युनिस लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सुरेन्द्र लामा र क्षेत्र नम्बर २ बाट प्रवीण स्याङतानले उम्मेदवारी दर्ता गराउनुभएको हो ।