अभिनेता सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’ को ‘मातृभूमि’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय रहेको छ ।
जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले चुनाव चिह्न जुत्ता राखेकोमा खारेज गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । आफू भदौ २३ गतेदेखि अस्पतालमा घाइते अवस्थामा रहेको र आफ्नो त्यही जुत्तालाई आउँदो निर्वाचनमा चिह्न बनाएकोमा उहाँले आपत्ति जनाउनुभएको हो ।
निर्वाचन प्रचार प्रसार गर्दा राष्ट्रिय झन्डा दुरुपयोग बढेपछि गृह मन्त्रालयले राष्ट्रिय झन्डाको गरिमा र मर्यादा ख्यालमा राखेर प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले राष्ट्रिय झन्डाको दुरुपयोग भए कानुनी कारबाही हुने भन्दै सभा, जुलुस र घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झन्डा प्रयोग गर्न पाउने र त्यसभन्दा बढी पाइए अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पनि दिएको छ ।
खोटाङमा सञ्चालित हालसम्मकै सर्वाधिक राशीको पुरस्कार फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेका छ ।
कञ्चनपुरमा ७३ औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । जिल्लाको कुष्ठरोग प्रभावित क्षेत्र बेदकोट नगरपालिका –५ धर्मपुरमा आइतबार “कुष्ठरोगको छ ओखती, सामाजिक लान्छाना र विभेद मुख्य चुनौँती” नारासाथ ७३ औं विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
अमेरिकाको विभिन्न भागमा आएको शक्तिशाली हिमआँधी र हिमपहिरोका कारण जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । शनिबारदेखि सुरु भएको यो प्राकृतिक प्रकोपले हजारौँ उडान रद्द हुनुका साथै यातायात र विद्युत् आपूर्तिमा समेत ठुलो अवरोध पुर्याएको छ ।
नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि आइतबार भएको मतदानको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबिच भएको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।
राष्ट्रिय सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
कैलालीको जानकी गाउँपालिका –६ स्थित कैलाशेश्वर सामुदायिक वनको किनारमा उत्खनन् गर्नेको संख्या बढेको छ । नदी किनारबाट करिब पाँचसय मिटर पर जानकी गाउँपालिकाले ढुङ्गा, गिट्टी, बालुवाका ठेक्का लगाए पनि किनारमै उत्खनन् भइरहेको छ ।
राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाली कांग्रेसका उम्मेदवार ललितजङ्ग शाही र नेकपा (एमाले) का उम्मेदवार मिनासिंह रखाल बिजयी हुनुभएको छ ।