शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १२ गते । अभिनेता सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’ को ‘मातृभूमि’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय रहेको छ ।
गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ । सलमान खान फिल्म्सको प्रस्तुति रहेको चलचित्र अपूर्व लाखियाले निर्देशन गर्नुभएको हो । चलचित्र सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबिच भएको झडपको कथावस्तुमा आधारित छ । चलचित्रमा खानसँगै चित्राङ्गदा सिंहको पनि प्रमुख भूमिका छ । चलचित्रमा अनुपसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय छ । चलचित्र आगामी वैशाख ४ देखि प्रदर्शनमा आउँदै छ ।