चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतको अभिनय छ ।
हिमाली जिल्ला हुम्लाका स्थानीय देउडा गायक परम्परागत देउडा भाकाका गीतको संरक्षणमा लागेका छन् । आफ्ना पुर्खाले गाउँदै आएका ती गीत मिठा लाग्ने भाका र सुरिलो स्वरमा गाएर संरक्षण गर्न लागिएको हो ।
चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले माघ १० गतेसम्मको चलचित्रको कमाइको विवरण सार्वजनिक गरेको छ । चार नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खेको सिनेपाले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो ।
सञ्चालनमा रहेका २९ वटा भन्सार कार्यालयमध्ये एक दर्जन कार्यालयबाट निर्यात नै नभएको पाइएको छ । सबै भन्सार कार्यालयबाट आयात भए पनि एक दर्जन कार्यालय भने निर्यात शून्य अवस्थामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।
भन्सार प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सरोकारवालाले जोड दिएका छन् । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले सोमबार आयोजना गरेको कार्यक्रमका वक्ताहरूले भन्सार प्रशासन व्यापार सहजीकरण गरी राजस्व सङ्कलन गर्ने मात्र नभई राष्ट्रिय अर्थतन्त्रको आधार भएकाले यसलाई समय अनुसार सुधार र व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिएका हुन् ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लीन भएर लागेको बताउनुभएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रहसमेत गर्नुभयो । रुपन्देहीको सैनामैना–६, कलौनीमा सैनामैना व्यापार सङ्घको आयोजनामा सुरु भएको सातौँ ‘सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२’ सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।
हुम्ला जिल्लाका स्थानीय रैथाने उत्पादन खोजी गरेर बिक्री गरिएको छ । यी सामग्री स्थानीयस्तरमा उपभोग गर्ने दर बढ्दै गएको र जिल्लाबाहिरसमेत निकासी हुन थालेपछि सिमकोटलगायतका स्थानीय बजारमा यसको खोजी गर्दै बिक्री गर्न थालिएको हो ।
सरकारले नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । तत्कालीन सरकारले अध्यक्ष सरद ओझालाई बर्खास्त गरेपछि उक्त पद रिक्त थियो ।
नेपाली कांग्रेसले निर्वाचनको मैदानमा निश्चित सङ्ख्यामा राष्ट्रिय झन्डाको प्रयोग गर्न पाउने वैधानिक व्यवस्था अनुसार मर्यादा र उच्च सम्मानको हेक्का राख्न परिपत्र गरेको छ । कांग्रेसले सबै कार्यसमितिलाई परिपत्र गरेर आचारसंहितामा उल्लेख गरिएबमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्न निर्देशन दिएको हो ।
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएसँगै आचारसंहिता उल्लङ्घनका घटना नियमन र नियन्त्रणमा निर्वाचन आयोगले कडाइ गरेको छ । आयोगले मनोनयन दर्तासँगै प्रचारका घटनामा केन्द्रित रहेर उम्मेदवार तथा संस्थालाई समेत स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगको राजनीतिक दल तथा कानुन महाशाखाका अनुसार आइतबारसम्म आठ वटा स्पष्टीकरण सोधिएको छ । जसमा बहालवाला मुख्यमन्त्रीदेखि उम्मेदवारसम्म छन् ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनसँगै थप सुरक्षा सतर्कता अपनाइएको छ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारहरूको आवतजावत र बसाइमा कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृ
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको अन्तिम तयारी भइरहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपालद्वारा सोमबार आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मतदानका लागि अन्तिम तयारीका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।