सरकारले नेपालबाट कुष्ठरोग निवारण गरिसकेको भए पनि कर्णालीमा बर्सेनि बिरामी थपिँदै गएका छन् । पाँच वर्षको अवधिमा कर्णाली प्रदेशमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने, नयाँ बिरामी पत्ता लाग्ने दर र उपचार पूरा गर्ने बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८२/८३ सम्मको अवधिमा नयाँ बिरामी थपिएका छन् ।
घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उहाँको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उहाँ बताउनुहुन्छ ।
यहाँको बारेकोट गाउँपालिको एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको छ । बारेकोटदेखि जिल्ला, प्रदेश हुँदै काठमाडौँसम्मको निर्धारण गरेको भाडादर बढी भएको भन्दै स्थानीयस्तरमा विरोध भएको छ । गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत गरेको एम्बुलेन्स भाडादर जनताको पहुँचभन्दा बाहिर रहेको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेसँगै गाउँकेन्द्रित हुन थालेका छन् । माघ ६ गते मनोनयन दर्ता गराएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले गत शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेसँगै उम्मेदवार गाउँकेन्द्रित भएका हुन् ।
कर्णाली कोरिडोरको सिमकोट–खार्पु खण्डको सिमकोट गाउँपालिका–५, कालाढुङ्गाको सडक सुचारु भएको छ । गत शुक्रबार राति परेको हिउँ सडकमा जमेपछि यातायात सेवा बन्द भएको सो खण्ड स्थानीय युवा र प्रहरी मिलेर पन्छाएपछि यातायात सेवा सञ्चालन गरिएको हो ।
पश्चिम नवलपरासी क्षेत्र नं. –१ का ‘हेभीवेट’ उम्मेदवारका रूपमा उद्योगपति एवम् राजनीतिज्ञ विनोद चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुरापरिसरसँगै जोडिएको घरमा एक महिलाले झुन्डिर आत्महत्या गरेकी छन् । भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरीले त्यहाँको प्रहरी कार्यालयमा सवारीचालकका रूपमा कार्यरत प्रहरी जवान यज्ञ साउदका नाममा सामाजिक सञ्जालमा सुसाइड नोट लेख्दै आत्महत्या गर्नुभएको हो । त्यसरी पत्र लेखेर आत्महत्या गरेपछि प्रहरीले सवारीचालक प्रहरीलाई पक्राउ गरेको छ ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता नरनारायण शाह (मनु) ले वडा तहमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, रोलमा महिलाले महिनावारी भएका बेला नुहाउने धाराको नाम नै छाउपडी धारा राखिएको छ । यो धारामा बदेडागाउँका करिब दुई सय घरपरिवारका महिला महिनावारी भएको समयमा नुहाउने तथा कपडा धुने गर्छन् । महिनावारी भएका बेलामा महिलाले यसमा नुहाउने गरेकाले यो धाराको नाम छाउपडी धारा राखिएको हो ।
क्षयरोग सङ्क्रमण हुन नदिन सञ्चालन भएको पाइलट कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरकारले निगरानी गर्ने उद्देश्यले चितवन र प्युठानमा सञ्चालन यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । क्ष
पुर्खाले मोटा र अग्ला रुख फाँडेर बस्ती बसाएको चितवनमा अहिले बलियो रुख नपाएका कारण बागमती प्रदेश सरकारले अगाडि बढाउन खोजेको ‘क्यानोपी’ योजना नै अलपत्र अवस्थामा छ । मचान जस्तै पर्यटकलाई लोभ्याउने अर्को विधि वन क्षेत्रभित्र रुखमा झोलुङ्गे पुल निर्माण गर्ने र त्यहीँबाट वन्यजन्तु अवलोकन गर्ने (क्यानोपी) हो ।
मकवानपुरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि सोमबार कार्यालय परिसरमै कुटपिट भएको छ । नगरपालिका परिसरमा रहनुभएका लामालाई वडा नं. १ का स्थानीय महिलाहरुको समूहले कुटपिट र दुर्व्यवहार गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिकर्मीसँगै फरक पेसा र व्यवसायमा आबद्ध पर्यटन व्यवसायी विभिन्न दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी हुँदै हुनुहुन्छ ।