• १३ माघ २०८२, मङ्गलबार

‘सबले भन्छन् जिन्दगी त...’ सार्वजनिक

blog

काठमाडौँ, माघ १३ गते । चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतको अभिनय छ । 

यो गीत  सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो । राजु गिरीले कोरियोग्राफी गर्नुभएको गीतमा प्रेमसम्बन्ध, धोका र पीडाको भाव प्रस्तुत गरिएको छ । कमला पराजुली निर्माता रहेको चलचित्रको निर्देशन कमला फिल्म्स टिमको छ ।

रामेश्वर हुमागाईंले खिचेको चलचित्रको सम्पादन श्याम रानाले गर्नुभएको हो । विनोद बमको पब्लिसिटी डिजाइन तथा गौतमराज खड्काले कलर ग्रेडिङ गर्नुभएको चलचित्रको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार हुनुहुन्छ ।