नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न बुधबार युएई प्रस्थान गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, महाराजगञ्जले सहकारी ठगी अपराध उजुरीमा २४ भन्दा बढी कम्पनी स्थापना गरी संगठित ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ।
म्याग्दीको मंगला गाउँपालिका –२ स्थित बाबियाचौर बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बाबियाचौर बजार क्षेत्रका तीनवटा बेकरी उद्योग, २४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेन्ट अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरेको हो ।
लुम्बिनी प्रदेश सभाको करिब एक महिनापछि छैठौं बैठक बुधबार बसेको छ । दिउँसो १ बजे बसेको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजनसम्बन्धी पत्रहरु पढेर सुनाउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
मोरङ क्षेत्र ३ (क)का प्रदेश सभा सदस्य मानबहादुर लिम्बूका अनुसार प्रदेशको नाम ‘कोसी’ प्रदेश राख्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै विरोध गरेका छन्।
सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि नयाँ प्रस्तावको काम गर्दै मन्त्रालय
अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज (बुधबार) परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम भएको हो ।
ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सुझाव दिएको छ।