वैदेशिक रोजगारीका लागि मलेसिया पुग्नुभएका सखुवानन्कारकट्टी–३, दिनामजपुरका नागेन्द्र यादव अलपत्र पर्नुभएको छ। छोरीको विवाहमा भएको ऋण चुक्ता गर्ने उद्देश्यले विदेश जानुभएका नागेन्द्रको बिचल्ली भएको हो। लहान–२३ का रामशङ्कर यादवले वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको दुई महिना भयो। छोरा नागेन्द्र यादवले अझैसम्म काम नपाएर मलेसियामा अलपत्र परेको नागेन्द्रका पिता बिन्दीलाल यादवले बताउनुभयो।
सर्लाहीसहित मधेशका जिल्लामा पानी पर्न नसक्दा सुक्खापन बढ्दै गएको छ। यस क्षेत्रमा गत भदौदेखि पानी पर्न सकेको छैन। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।
कोसी कोरिडोर सडकमार्फत तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्गको खाँदबारी–नुम सडकखण्ड कालोपत्रे गर्न ठेक्का सम्झौता अवधिको २० महिना सकियो। योजना सम्पन्न अवधि ३६ महिनामध्ये २० महिना सकिँदा भौतिक प्रगति भने १७ प्रतिशत मात्र पुगेको छ।
चलचित्र ‘परस्त्री’को प्रदर्शन मिति सार्वजनिक भएको छ । यसअघि फागुन १९ गते प्रदर्शन हुने भनिए पनि चलचित्र असार १५ गते प्रदर्शन हुने भएको छ ।
चलचित्र ‘नाइँ नभन्नू ल–६’को फस्र्ट लुक सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै फस्र्ट लुक सार्वजनिक गरेको हो ।
नाटक ‘एउटा सपनाको अवसान’ आगामी चैत १० गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रूपान्तरण रहेको नाटकलाई अनुप बरालले निर्देशन गर्दै हुनुहुन्छ । आत्महत्यामाथि बनेको नाटकको उद्देश्य कसैलाई उक्साउनु नभई, भौतिकवादी समाजको कठोर वास्तविक चित्रण गरी युवा दर्शकलाई सकारात्मक, रचनात्मक र अहिंसात्मक प्रतिक्रिया व्यक्त गर्न प्रोत्साहित गरोस् भन्ने हो ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) र बेथानचोक गाउँपालिकाबीच ढुङ्खर्कखोला–च्याम्राङबेँसी सडकमा सुरुङ मार्ग निर्माणका लागि अध्ययन गर्ने समझदारी भएको छ। विश्वविद्यालयको इन्जिनियरिङ विभागका डिन प्राडा मनीष पोखरेल र गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा विश्वविद्यालयले ढुङ्खर्क खोला–च्याम्राङबेँसी सडकखण्डअन्तर्गत बेथानचोक गाउँपालिका–२ को
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माणाधीन ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनामा स्थानीयको एक समूहले आगजनी गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको दिगो मध्यमकालीन आर्थिक वृद्धिका लागि थप वितीय सुधारको आवश्यकता औँल्याएको छ । दुई साता नेपाल रहेको आईएमएफको टोलीले दिगो ऋण व्यवस्थापन, बैङ्किङ नियमन र सुपरिवेक्षणमा अझ बढी सुधार, उद्योग व्यापार क्षेत्रको लागत घटाउने, प्रत्यक्ष वैदेशिक लगानीका अवरोध हटाउने र सुशासन प्रवद्र्धन गर्नुपर्ने जनाएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नारायणी नदी भरतपुर महानगरपालिकाको मात्र नभएर देशकै गहना भएको बताउनुभएको छ। नदी किनारामा बन्न लागेको नदी संरक्षण पूर्वाधार र सोही स्थानमा निर्माणाधीन आरती स्थलको बुधबार शिलान्यास गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनुभएको हो। नारायणी नदी व्यवस्थापन आयोजना र सघन सहरी तथा भवन आयोजनाले संयुक्त रूपमा नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रममा उहाँले महानगर क्षेत्रमा एकपछि अर्को परियोजनाका लागि बजेट सुनिश्चित हुँदै आएको बताउनुभयो।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या गत वर्षभन्दा घटेको छ। यस प्रदेशबाट ग्रेड वृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट गरी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा झन्डै छ हजार जना घटेका हुन्।
रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउने डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङ्मा गाउँपालिका–१, हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कङ्क्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको हो ।
सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग बन्द भएको छ भने किसानले उखुको भुक्तानी पाउन सकेका छैनन् । धनकौलका उखु किसान रामकल्याण यादवले अन्नपूर्ण चिनी उद्योगका मालिक उखु क्रसिङ सकेर किसानको भुक्तानी नै नदिई सम्पर्कविहीन भएको बताउनुभयो । यो उद्योग केही साता मात्रै चलेको थियो । बाँकी रकम आउने आसमा किसानले उखु ल्याएर दिए पनि भुक्तानी नै नगरी मालिक सम्पर्कविहीन भएका यादवले बताउनुभयो । किसानको भुक्तानी नदिएर
म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आए पनि तत्काल मूल्य नबढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ । मङ्गलवार देखि अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ३३९.०६ ले बढेर आएको भन्दै नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो ।