उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ। आइतबारदेखि मङ्गलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि मन्त्री श्रेष्ठ अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सो सम्मेलन समूहका अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा शनिबार आयोजना हुँदै छ। सो सम्मेलनमार्फत नेपालले समूहको अध्यक्षता ग्रहण गर्दै छ।
मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा बर्सेनि ४७ करोड २९ लाख रुपियाँ वैदेशिक रोजगारीबाट विप्रेषण आउने गरेको छ । यो गाउँपालिकाका दुई हजार ६४९ जना युवा वैदेशिक रोजगारीमा गएका छन् । नौ हजार ४६७ घरधुरी र ३८ हजार ८२४ जनसङ्ख्या रहेको कानेपोखरी गाउँपालिकाका दुई हजार ६४९ घरधुरी (२८ प्रतिशत)का युवा कुनै न कुनै वैदेशिक रोजगारीमा गएको पाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलगायतका सरोकारवालासँग छलफल गरेर सार्वजनिक खरिद ऐन संशोधन गरिने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।
दक्षिण अफ्रिकी मुलुक युगान्डाका युवतीलाई नेपाल झिकाएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ। पर्यटक भिसामा गत साउन २३ गते युगान्डाबाट नेपाल आएकी २५ वर्षीया नतासा भनिने इमाकुलेट नावासुम्बाले युगान्डाका युवतीलाई प्रलोभनमा पारी नेपाल बोलाएर यौन व्यवसायमा लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। पीडितको जाहेरीपछि नतासालाई ब्युरो प्रहरीले आइतबार ठमेलबाट पक्राउ गरेको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिनुभएको छ।
कालीकोटसँगै साविकको कर्णालीमा चर्चामा रहेको हुड्के नाँच पञ्चेबाजा फेरि स्थापित हुन थालेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो ।
गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको छ।
कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई खादा लगाएर सम्मान गरिएको छ।
काठमाडौं, फागुन १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्य तथा मन्त्रालयका सचिव सहितको टोलीसँग बिहीबार भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेश गर्न प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्व सचिव र विज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ। सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई "रिपोर्टिङ" गरेको हो।"सुशासन, सामाजिक न्याय र समृद्धि सजिलो छैन", रिपोर्टिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "तर त्यसलाई कायम नगरी अगाडि बढ्नै सकिँदैन। प्रधानमन्त्रीले कार्यदलबाट ठोस र गहकिलो सुझावको अपेक्षा गरिएको बताउनुभयो।कार्यदलका सदस्य सचिव अर्जुनप्रसाद अर्यालले कार्यदलले सुझावका लागि हालसम्म गरेका र अब गर्ने प्रक्रियागत कामबारे विस्तारमा "रिपोर्टिङ" गर्नुभएको थियो।
पर्यटन व्यवसाय अनि भर्जिन गन्तव्य भनेर चिनिने मुस्ताङको उपल्लो भेगतर्फ पर्ने साबिकको छुसाङ गाविस –३ भ्रकका स्थायी बासिन्दा महेन्द्र गुरुङले आफ्नो थातथलो छाडेको ३० वर्ष पुग्न लाग्यो । हाल बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने भ्रकमा महेन्द्रले म्याग्दीमा आएर सुकुटी व्यवसायमा जम्नुभएको छ ।
नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार रहनुभएका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपका लागि छनोट भएको नेपालको यू-१९ क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ।
खिजिदेम्बा गाउँपालिकामा १३ जना बालबालिकालाई कडा किसिमको कुपोषण भएको छ । ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँ–गाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गर्न सम्वद्ध पक्षमा आग्रह गर्नुभएकोछ । विहीबार सदरमुकाम चरीकोटमा हजारभन्दा बढीको संख्यामा गठित टुकीको ४५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।