• १३ साउन २०८१, आइतबार

यु–१९ विश्वकपका लागि छनोट भएको नेपाली टिमलाई सभापति देउवाको बधाइ

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौं, फागुन १८ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिनुभएको छ। सभापति देउवालेले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बधाइ तथा शुभकामना दिनुभएको हो। 

उहाँले भन्नुभएको छ, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना।” 

दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो।