देशको अर्थतन्त्रलाई निर्देश गर्नका लागि बजेटको महìवपूर्ण भूमिका रहेको हुन्छ । बजेटमार्फत सरकारले प्राप्त गर्ने आम्दानी र खर्च पनि यकिन गरिएका हुन्छन् । खर्च गर्ने एकाइले पनि बजेटको परिधिभित्र रही खर्च गरेका हुन्छन् । तर, कहिलेकाहीँ बजेटको संरचना यथार्थपरक नहुँदा बजेटमा नै संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ ।
डब्ल्यू. आर्थर लुइसले भनेका छन्, “आर्थिक वृद्धिको फाइदा भनेको धनले खुसी बढाउँछ भन्ने होइन तर यसले मानिसको रोजाइको दायरा बढाउँछ ।” आर्थिक वृद्धिलाई लामो समयको अवधिमा अर्थतन्त्रको वास्तविक राष्ट्रिय आयमा दिगो वार्षिक वृद्धिका रूपमा परिभाषित गरिएको छ । आर्थिक वृद्धि भनेको स्थिर मूल्यमा शुद्ध राष्ट्रिय उत्पादनको बढ्दो प्रवृत्ति हो । यो परिभाषालाई केही अर्थशास्त्रीले अपर्याप्त र सन्तोषजनक भन्दै आलोचना गरेका छन् ।
बेथानचोक गाउँपालिका हुँदै ललितपुर तथा प्रदेश राजधानी हेटौंडालाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा प्रस्ताव गरिएको सडक अन्त्रगतको ढुङ्खर्क खोला च्याम्राङबेशी सडक खण्डमा सुरुङ मार्ग निर्माणको लागि अध्ययन गरिने भएको छ । सुरुङ मार्गको अध्ययनका लागि काठमाडौँ विश्वविद्यालय (केयू) र बेथानचोक गाउँपालिकाबिच बुधवार सम्झौता भएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोको एक तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा साइबर अपराध तथा दुरुपयोगसम्बन्धी परेका उजुरीमध्ये छ हजार १०९ जना उजुरीकर्ता पुरुष छन् भने आठ हजार ४३ वटा उजुरी पीडित महिलाले गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा कुल तीन हजार ९०६ वटा अनलाइन हिंसाका उजुरीमध्ये महिलाका दुई हजार तीनवटा र बालिकाका १५२ वटा थिए । त्यस्तै आ.व. २०७८÷७९ मा कुल चार हजार ६८६ उजुरीमध्ये महिलाका दुई हजार ३८९ र बालिकाका १४२ मुद्दा थिए ।
बाजुराका दत्त मल्ल र हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका देउडा गायक अक कार्कीबीच गीतमार्फत घम्साघम्सी परेको छ । दुई देउडा गायकले स्थानीयलाई मनोरञ्जन दिनुका साथै आफ्ना सिर्जना बाहिर ल्याउनुभएको हो ।
पछिल्लो समयमा आधुनिक पहिरनले समाजलाई छपक्कै छोपेको छ । आधुनिकतासँगै मौलिक पहिचान झल्किने जातीय पोसाक लोप हुन थालेपछि यहाँको मगर समुदायका युवा मौलिक पोसाकको संरक्षणमा जुटेका छन् । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रम, सभा–समारोह तथा उत्सवमा उनीहरू मौलिक पहिरनमा सजिन थालेका छन् ।
बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ । ४७ वर्षीया सुस्मिताले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मार्फत आफूलाई हृदयाघात भएको जानकारी दिनुभएको हो । उहाँले आफूलाई ‘एन्जियोप्लास्ट’ गरिएको पनि जनाउनुभएको छ ।
धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम एभिनियर र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मानव र वन्यजन्तुबीच पछिल्लो समयमा बढ्दो द्वन्द्व न्यूनीकरण गर्न नागरिकमा चेतना आवश्यक भएको बताउनुभएको छ । वन्यजन्तु पनि प्राणी नै भएका कारण जनावरको स्वभाव, आनीबानीका बारेमा जानकारी हुनुपर्ने बताउँदै मानिसले पनि वन्यजन्तुलाई अत्याएका कारण पनि द्वन्द्व बढेको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले विद्यार्थी सङ्गठन विघटन नभएको भन्दै विश्वविद्यालय र आङ्गिक क्याम्पसलाई पत्र पठाएको छ। पार्टीका महासचिव देवप्रसाद गुरुङले अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह नेतृत्वको कमिटी आधिकारिक भएको भन्दै बिहीबार पत्र पठाउनुभएको हो।
जिल्लाको चिचिला गाउँपालिकाले पर्यटकीय पार्कमा खुला तथा निःशुल्क इन्टरनेटको व्यवस्था गरेको छ। पालिकाको कप्ताने पोखरी पार्क र मत्स्यपोखरी पार्कमा फ्री वाइफाई जडान गरेको हो। पार्कमा घुम्न आउने पर्यटकको सुविधाका लागि खुला इन्टरनेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पाको भनाइ छ। पार्कमा घुम्न आएका पर्यटक तत्काल फोटो तथा भिडियो आफ्ना सञ्जालमा पोस्ट गर्न सक्ने भएकोले निःशुल्क वाइफाई जडान गरिएको उहाँले स्पष्ट पार्नुभयो। पछिल्लो समय टिकटकको माध्यमबाट विभिन्न ठाउँ तथा वस्तुहरू प्रचार भइरहेकोले चिचिलाको पार्कमा समेत टिकटक बनोस् भन्ने आफूहरूको चाहना रहेकोसमेत अध्यक्ष शेर्पाले बताउनुभयो।
आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अदालतले सेवाबाट बर्खास्त हुने फैसला सुनाएको छ। उपरथी ताराध्वज पाण्डे नेतृत्वको कोर्ट मार्सलले बिहीबार फैसला सुनाउँदै उपरथी शाहीलाई आर्थिक अनियमितताको आरोपमा दोषी ठहर गरेको छ। शाहीमाथि सैनिक विद्रोहको कसुरसम्बन्धी आरोपमा दोषी ठहर गर्दै कोर्ट अफ इन्क्वायरीले भविष्यमा सरकारी सेवामा प्रवेश गर्न अयोग्य नठहरिने गरी सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको हो।
सरकारले साइबर सुरक्षा नीति बनाउन उच्चस्तरीय कार्यदल गठन गरेको छ। एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश कार्यदललाई दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो। सूचना प्रविधिविज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित कार्यदलका सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहनुभएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ रहने र सदस्य सचिवमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि रहने बताइएको छ। बिहीबार मन्त्रालयमा एक कार्यक्रम गरी कार्यदललाई जिम्मेवारी दिइएको छ।
रामेछापको उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ । गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण बस्नेतको घरबास उठ्ने अवस्थामा पुगेको छ । जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलाग्दी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ ।