मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेक्नुभयो । उहाँको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्नुहुन्छ ।
बाजुराको साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक मार्गले गति लिन सकेको छैन ।
नेपाली बालसाहित्य सिर्जनामा स्थापित नाम हो अनुराधा । उहाँका विभिन्न विधाका दुई दर्जन जति कृति प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा लेख रचना नियमित रूपमा प्रकाशित हुने गर्दछन् । हालै उहाँको पुस्तक The Story of Babur – Prince, Emperor, Sage लाई UK को प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका ‘द गार्डिअन’ ले आफ्नो ‘उत्कृष्ट नयाँ चित्र पुस्तकहरू र उपन्यासहरू’को सूचीमा पनि राखेको छ । उहाँका कृतिहरू उर्दु, रसियन, हिन्दी र अन्य भाषामा पनि अनुवाद भएका छन् । अनुराधा लेखक हुनुका साथै बालपुस्तक अनुवादक तथा सम्पादक पनि हुनुहुन्छ । नेपाली बालसाहित्य सिर्जनामा अतुलनीय योगदान गरिरहनुभएका अनुराधासँग अक्सिडेन्टल पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा आयुष्मा तिवारीले गर्नुभएको कुराकानीको केही अंशः
आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएका हुन् ।
घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ। आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो।
देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फरार भएका छन् ।
तानसेनका व्यापारीले मनपरी रूपमा सडक तथा पेटीमा सामग्री राख्दा तानसेन बजार अव्यवस्थित बनेको छ। पसलअगाडिको सडक तथा पेटी ओगटेर बिक्री गर्न राखिएका सामग्रीले बजारको सौन्दर्यमा नै असर परेको छ। तानसेनका अधिकांश व्यापारीले सडकको पेटीभन्दा बाहिरै सामग्री बिक्रीका लागि बिछ्याउने प्रचलन बढेको छ। सडक कब्जा गरेर बिक्रीका लागि सामान बिछ्याउँदा सडकमा यात्रुले सास्ती बेहोर्नु परेको छ।
भारतीय नम्बर प्लेटका दुईवटा बसमा ७६ जना भियतनामी बुद्धमार्गी तीर्थयात्री आइतबार भगवान् बुद्धको जन्मस्थल लुम्बिनी हुँदै तिलौराकोट आउँदै थिए। तिलौराकोट गेटमा बस पुग्नेबित्तिकै बालबालिकाले तीर्थयात्री पर्यटकलाई घेरे। बसबाट ओर्लिन नपाउँदै ती बालबालिकाले हात फैलाउँदै पैसा र सामान माग्न सुरु गरे। ‘गिभ मि मनी’ भन्दै हात फैलाए भने कतिपय बालबालिकाले पेट सुमसुम्याएर मुखमा हात लिँदै भोक लाग्यो पैसा देऊ भन्न थाले।
रोल्पा सुनछहारी गाउँपालिका–५, जैमाकस्ला थनावाङ निवासी ३९ वर्षीया जस्मान विष्टको पुख्र्यौली पेसा हो, चाखी र सिलौटा बनाउने। घर नजिकैको पहाडमा रहेको ढुङ्गाखानीबाट ढुङ्गा निकाल्ने र त्यसलाई कुँदेर चिटिक्क पारेको पिठो पिस्नलाई चाखी र अचार पिस्नलाई सिलौटा बनाउने गर्नुहुन्छ।
किसानको उत्पादन सङ्कलन गरी बजारसम्म पु-याउने उद्देश्यसहित निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन भएको छ । कर्णाली प्रदेश सरकार कृषि मन्त्रालयको ३५ लाख रुपियाँमा सो केन्द्र निर्माण गरिएको थियो । सो केन्द्रका लागि आर्थिक वर्ष २०७५/७६ मा २५ लाख र आर्थिक वर्ष २०७६/७७ मा १० लाख गरी कुल ३५ लाख बजेट प्राप्त भएको थियो । सो केन्द्र कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको थियो ।
भगवतीमाई गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइमा निर्वाचनका बेला गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणको कार्य नभएको स्थानीयले गुनासो गरेका छन् । भगवतीमाई गाउँपालिका–२, रुमका तेजबहादुर नेपालीले निर्वाचनका बेला जनताका बीचमा गरिएका प्रतिबद्धता जनप्रतिनिधिले भुलेको बताउनुभयो । उहाँले निर्वाचनका बेला युवालाई रोजगारी, दलितको उत्थान, शिक्षामा गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माणजस्ता प्रतिबद्धता व्यक्त गरिएको भए पनि एक वर्षमै ती सबै भुलेको बताउनुभयो ।
दसवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका शहीदका परिवारले रोजगारीको माग गरेका छन् । जुम्लाबाट प्रतिनिधि सभाका सांसद छिरिङल्हामु लामा (तामाङ)सँगको भेटमा द्वन्द्वपीडितले सो माग राखेका हुन् । परिवारले ज्यान गुमाएका कारण आफूले जीवनभरि पीडा पाएको भन्दै सरकारले द्वन्द्वपीडितको ‘एक परिवार एक रोजगार’को व्यवस्था गर्नुपर्ने माग राख्नुभयो । शहीद परिवार समाज जुम्लाका अध्यक्ष विष्णुबहादुर भण्डारीले गणतान्त्रिक व्यवस्था ल्याउन ज्यान गुमाउने परिवारमा कम्तीमा एक जनाको रोजगारी भइदिए न्याय हुने बताउनुभयो ।