नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । खुलातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नवीता पहिलो हुनुभएको हो ।
इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्तीका अवसरमा बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको छ ।
प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।
निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।
सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेक्नुभयो । उहाँको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्नुहुन्छ ।
बाजुराको साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक मार्गले गति लिन सकेको छैन ।
नेपाली बालसाहित्य सिर्जनामा स्थापित नाम हो अनुराधा । उहाँका विभिन्न विधाका दुई दर्जन जति कृति प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा लेख रचना नियमित रूपमा प्रकाशित हुने गर्दछन् । हालै उहाँको पुस्तक The Story of Babur – Prince, Emperor, Sage लाई UK को प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका ‘द गार्डिअन’ ले आफ्नो ‘उत्कृष्ट नयाँ चित्र पुस्तकहरू र उपन्यासहरू’को सूचीमा पनि राखेको छ । उहाँका कृतिहरू उर्दु, रसियन, हिन्दी र अन्य भाषामा पनि अनुवाद भएका छन् । अनुराधा लेखक हुनुका साथै बालपुस्तक अनुवादक तथा सम्पादक पनि हुनुहुन्छ । नेपाली बालसाहित्य सिर्जनामा अतुलनीय योगदान गरिरहनुभएका अनुराधासँग अक्सिडेन्टल पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा आयुष्मा तिवारीले गर्नुभएको कुराकानीको केही अंशः
आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएका हुन् ।
घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ। आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो।
देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फरार भएका छन् ।
तानसेनका व्यापारीले मनपरी रूपमा सडक तथा पेटीमा सामग्री राख्दा तानसेन बजार अव्यवस्थित बनेको छ। पसलअगाडिको सडक तथा पेटी ओगटेर बिक्री गर्न राखिएका सामग्रीले बजारको सौन्दर्यमा नै असर परेको छ। तानसेनका अधिकांश व्यापारीले सडकको पेटीभन्दा बाहिरै सामग्री बिक्रीका लागि बिछ्याउने प्रचलन बढेको छ। सडक कब्जा गरेर बिक्रीका लागि सामान बिछ्याउँदा सडकमा यात्रुले सास्ती बेहोर्नु परेको छ।