हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ ।
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसङ्घको प्यानल विजयी भएको छ ।
ढिलै भए पनि दोलखाको सैलुङ गाउँपालिका –७ मा सुविधासम्पन्न चर्नावती वृद्धाश्रम निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि भित्री व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरू नलाग्ने बताउनुभएको छ ।
महालक्ष्मी नगरपालिकाको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत अपाङ्गता भएका ब्यक्ति तथा परिवारका सदस्यलाई मौरीपालनसम्बन्धी पाँच दिने आधारभुत तालिम सुरुभएको छ ।
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् ।
गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाली महिला टोलीले बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि फराकिलो जित निकालेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई ५-० गोलले हरायो ।
चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाका लागि सुर्खेत जिल्लाभरबाट ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्
नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गर्नुभयो ।
फ्रान्सले गत र्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ ।
श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकम सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकम सहित पक्राउ गरेको हो ।